अमेरिकी प्रतिनिधिमण्डल काठमाण्डूमा

४ बैशाख २०६९, सोमबार १५:५२ मा प्रकाशित

काठमाडौ, ४ बैशाख । मिलेनियम च्यालेन्ज करपोरेसन (एमसिसी) को प्रतिनिधिमण्डल नेपालस्थित अमेरिकी राजदूतावास, सरकारी अधिकारी, नागरिक समाज र अगुवाहरुसँग छलफल गर्न काठमाडौँ आइपुगेको छ । प्रतिनिधिमण्डलको नेतृत्व नेपालमा सन् १९८२ देखि १९८४ सम्म पिस कोर स्वयम्सेवी भई काम गरेका जेम्स पार्कले गरिरहनु भएको छ । थ्रेसहोल्ड प्रोग्रामका लागि नेपाल छनोटमा परेको घोषणा डिसेम्बरमा गरिए यता एमसिसी प्रतिनिधिमण्डल नेपाल आएको यो पहिलो पटक हो । अमेरिकी दूतावासका अनुसार भ्रमणका क्रममा एमसिसीको मण्डलले नेपाल सरकार, नागरिक समाज र दातृ संस्थाहरुलाई एमसिसी र थ्रेसहोल्ड प्रोग्रामबारे जानकारी दिँदै नेपालीले सामना गरिरहेका आर्थिक मुद्दाबारे समेत जानकारी लिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको

काठमाडौ । कुम्भ मेलामा सहभागी हुन भारतको हरिद्वार पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह शाही स्नानको रथयात्रामा सहभागी भएका छन् । भारतको

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठाँै