एकबर्ष भित्र आमचुनाव गर्न एमाओवादीको प्रस्ताव

८ पुष २०७०, सोमबार १०:२० मा प्रकाशित

स्थायी संयोजकको माग पछि बैठक निष्कर्ष विहीन

 

 

 

काठमाडौं, ८ पुस । उच्चस्तरीय राजनीतिक समितिलाई आफ्नै नेतृत्वमा स्थायित्व दिने एमाओवादीको प्रस्तव कांग्रेस र एमालेले अस्वीकार गरिदिए पछि तीन दलको शीर्ष बैठक विनाकुनै निष्कर्ष सक्किएको छ ।
काठमाडौंमा आज (सोमबार) बसेको प्रमुख तीन दलको बैठकमा एमाओवादीले माग गरे अनुसार स्थायी किसिमको राजनीतिक समिति बनाउने विषयमा बिमती देखिएको हो ।
कांग्रेस र एमालेले राजनीतिक समितिको स्थायी संयोजक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बनाउने विषयमा असहमति जनाए पछि बैठकले ठोस निर्णय गर्न नसकेको नेताहरुले बताए ।
बैठक पछि पत्रकारसँग कुरागर्दै एमालेका नेता रघुजी पन्तले संविधानसभाबाट सबै विषयको छलफल र निकास निकाल्नुपर्ने बताए । उनले एमाओवादीलाई उच्चस्तरीय राजनीतिक समितिको स्थायी संयोजकको जिम्मेवारी दिन नसकिने बताए ।
एमाओवादीले संविधान जारी भएको एक वर्षभित्र आमचुनाव गर्नुपर्ने प्रस्ताव पनि गरेको छ । एमाओवादीको सो प्रस्तावमा पनि सहमति हुन नसकेको पन्तले जानकारी दिए ।
एमाओवादीले एक वर्षभित्र सहमतिमा संविधान निर्माण गर्न अध्यक्ष दाहालको संयोजकत्वमा स्थायी किसिमको राजनीतिक समिति निर्माणको प्रस्ताव गर्दै आएको छ । यद्यपि सो प्रस्तावलाई कांग्रेस र एमालेले अस्वीकार गरिरहेका छन् ।
एमाओवादी नेता पोष्टबहादुर बोगटीले दलहरुबीच सहमति नभएसम्म संविधानसभामा नजाने बताए । उनले एमाओवादीका मागलाई वेवास्ता गरिए आफूहरुको असहयोग रहने समेत चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले