अल्पाईन डेभलपमेन्ट बैंकको दश लाख लुटपाट

७ पुष २०७०, आईतवार १७:०५ मा प्रकाशित


मकवानपुर, ७ पुस । मकवानपुरमा कलोपल्सर मोटरसाईकलमा आएको दुई जनाको अपरिचित समूहले बैंकको दश लाख रुपियाँ लुटेर भागेको छ ।
हेटौडा नगरपालिका–१० मा रहेको अल्पाईन डेभलपमेन्ट बैंकको दश लाख रुपियाँ आज (आइतबार) विहान साढे एघार बजे हर्नामाडी–५, फुर्केचौर जंगलमा लुटपाट भएको प्रहरीले जनाएको छ ।

 

बैंकका दुई कर्मचारीले ना २६ प २८३९ नम्बरको मोटरसाईकल मार्फत रकम शाखा कार्यालय छतिवन लैजादै गर्दा ना १३ प १७३५ नम्बरको कालो पल्सर मोटरसाइकलमा आएका अपरिचित दुई व्यक्तिहरुले लुटेर फरार भएका थिए ।
घटनास्थलबाट प्रहरीले लुटेराहरुले छाडेको मोटरसाइकल बरामद गरेको छ ।

 

रकम लुटपाटका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले