एमाओवादीका कारण संसद रुक्दैन : पोखरेल

७ पुष २०७०, आईतवार १५:४८ मा प्रकाशित


काठमाडौं, ७ पुस । एमालेका सचिव शंकर पोखरेलले एमाओवादीले सूची नबुझाए पनि ब्यवस्थिका संसद सुचारु हुने बताएका छन् ।
काठमाडौंमा आज (आइतबार) आयोजित कार्यक्रममा पोखरेलले एमाओवादीले नामावली नबुझाए पनि अन्य दलहरुले सूची बुझाई ब्यवस्थापिका संसद सुचारु गराउने बताए । ‘एमाओवादीले नाम बुझाए पनि अब संविधानसभामा चल्छ,’ उनले भने, ‘कुनै दलले नाम नबुझाए पनि संसद क्रियाशील हुन्छ ।’
सचिव पोखरेलले द्वन्द्वको एकपक्ष भएकाले एमाओवादीलाई प्रक्रियामा सामेल गर्न दुई पटक समानुपातिको नामावली बुझाउने समय थपिएको उल्लेख गरे । ‘अब पुस–१० गते भित्र अरुले नदिए पनि कांग्रेस र एमालेले नामावली बुझाउनु पर्छ,’ उनले भने, ‘एमाओवादीले त जनमतको अपमान गर्‍यो ।’
उनले एमाले र कांग्रेसले पनि १० गतेसम्ममा नामावली नबुझाए जनमतको अपमान गरेको ठहरिने बताए ।
कांग्रेसका नेता एनपी साउँदले अब समानुपातिको सूची बुझाउने समय थप्न नहुने बताए । ‘कांग्रेस र एमालेले नाम बुझाएर एमाओवादीलाई ल्याउने प्रयत्न जारी राख्नु पर्छ,’ उनले भने, ‘संविधानसभा र एमाओवादीलाई ल्याउने प्रयत्न सँग–सँगै जारी राखेरअघि बढ्नु पर्छ ।’
एमाओवादीका नेता शक्तिबहादुर बस्नेतले आफूहरुले उठाएका मुद्दा सम्बोधन भए १० गते भित्रै समानुपातिकको नामावली बुझाउन तयार रहेको बताए । उनले समस्याको सकारात्मक निकास खोज्नु पर्ने दोहर्‍याए ।
नेकपा (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले प्रमुख दलहरुका बीच संविधान निर्माण भन्दापनि शक्ति बाँडफाँड प्रमुख मुद्दा बनेर आउनु दु:खद भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

काठमाडौं । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल(वीर)को प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमलाई हटाएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा