दलहरुको बैठक स्थलबाहिर जातीय राज्यको माग गर्दै आदीवासी जनजाति धर्नामा

४ बैशाख २०६९, सोमबार १५:४० मा प्रकाशित

काठमाडौ, ४ बैशाख । जातिय पहिचानसहितको संघियताको माग गर्दै जनजातिहरुले मधेसी मोर्चा सहितको तीन दलको बैठकस्थलमा धर्ना दिएका छन् । मधेसी मोर्चाहसित प्रमुख तीन दलको बैठक बसिरहेको राजधानीको पश्चिम–दक्षिण क्षेत्रमा रहेको हात्तीवन रिसोर्ट भन्दा करिब तीन किलोमिटर परबाटै प्रहरीले जान नदिएकोले उनीहरु त्यही धर्ना बसेका थिए । नेपाल आदिवासी जनजाति महासंघको अगुवाईमा सुरु भएकोे धर्नामा जातिय पहिचानका आधारमा संघियतामा सहमति गर्न माग गरिएको छ । उनीहरुले जातिय आधारमा १४ प्रदेश हुनुपर्ने भन्दै माग नारावाजी पनि गरिरहेका छन् । यसअघी धर्ना दिन गएका मल्ल के सुन्दर सहितका करिब आधा दर्जनलाई प्रहरीले केही बेर पक्राउ गरी रिहा गरेको थियो । मोर्चासहित प्रमुख तीनदलका नेताहरुको छलफल रिसोर्टमा जारी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली

काठमाडौं । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको