‘चुनावी परिणामबाट आत्तिनु र मात्तिनु हुँदैन’

७ पुष २०७०, आईतवार ११:१४ मा प्रकाशित


काठमाडौं, ७ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले जनचाहना अनुसार राजनीतिक दलहरु अघि बढे मुलुकले निकास पाउने बताएका छन् ।
भारत भ्रमणमा प्रस्थान गर्नु अघि आज (आइतबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पूर्व राजा शाहले जनचाहना अनुसार चल्न सुझाव दिएका हुन् । उनले चुनावी परिणामलाई लिएर नआत्तिन र नमात्तिन आग्रह गरेका छन् ।
‘चुनावी परिराणमलाई लिएर कोही पनि आत्तिन हुनुदैन,’ उनले भने, ‘कोही पनि मात्तिनु हुँदैन । सहज रुपमा परिणाम स्वीकार्नु पर्छ ।’
यसैबीच, पूर्व राजा शाह सपरिवार भारत प्रस्थान गरेका छन् । पारिवारिक भ्रमणका लागि पूर्व राजाको परिवार भारत प्रस्थान गरेको उनको निजी सचिवालयले जनाएको छ ।
पूर्व राजा शाहले आफ्नो भारत भ्रमण नितान्त व्यक्तिगत र निजी रहेको प्रतिक्रिया दिएका छन् । भ्रमणलाई लिएर विभिन्न टिकाटिप्पणी भई रहेका बेला पूर्व राजा सपरिवार भारत प्रस्थान गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।