अध्यक्ष रेग्मी र भारतीय मन्त्रीबीच भेटवार्ता

६ पुष २०७०, शनिबार १३:५४ मा प्रकाशित


काठमाडौं, ६ पुस । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग नेपाल भ्रमणमा रहेका भारतका केन्द्रीय सरकारका नवीकरणीय उर्जामन्त्री फारुक अबदुल्लाहले भेटवार्ता गरेका छन् ।
बालुवाटारमा आज (शनिबार) भएको भेटमा संविधानसभा निर्वाचन पछि नेपालमा उत्पन्न राजनीतिक परिस्थितिका विषयमा छलफल भएको हो । सहममति निमार्णका लागि दलहरुले चालेको कदम र संविधान निमार्णका बिषयमा समते छलफल भएको रेग्मीको निजी सचिवालयले जनाएको छ ।
भेटमा नेपालको उर्जा क्षेत्रको सम्भावना र भारतको लगानीका विषयमा पनि छलफल भएको थियो ।
अबदुल्लाह नेपालको दुई दिने औपचारिक भ्रमणका लागि शुक्रबार साझ नेपाल आएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित