सरकार गठनमा विलम्ब भएकै हो : सिंह

६ पुष २०७०, शनिबार १३:३९ मा प्रकाशित


काठमाडौं, ६ पुस । कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधानसभामा सबै राजनीतिक दलको प्रतिनिधित्व गराउने प्रयासले गर्दा सरकार गठन प्रक्रियामा केही विलम्ब भएको बताएका छन् ।
नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिंहले सबै दललाई मिलाएर लैजान कांग्रेसले पहल गरिरहेको बताए । ‘संविधानसभा प्रक्रियाबाट चाँडै सरकार गठन हुने छ,’ उनले भने, ‘सबै दलहरुलाई संविधानसभामा सहभागी गराउने पहल पनि भई रहेको छ ।’
मिश्रित निर्वाचन प्रणालीमा समानुपातिकतर्फका उम्मेदवार चयनमा केही ढिलाइ भएको महामन्त्री सिंहले स्वीकार गरे ।
उनले एक वर्षभित्रै लिखित सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधान बनाउने जिम्मेवारी दिएको दोह¥याए । ‘नयाँ संविधान एक बर्ष भित्रै बनाउनु पर्छ,’ उनले भने, ‘कांग्रेसले सबै दललाई मिलाएर लैजाने प्रयास जारी राखेको छ ।’
सहमतिका आधारबाटै संविधान जारी गर्न चाहे पनि विगतमा सहमतिका नाममा समय खेर गएको गल्तीलाई दोहोरिन नदिन महामन्त्री सिंहको भनाई छ । ‘सकभर सहमति र नभए विधि र प्रक्रियाबाट एक वर्षभित्रै लोकतान्त्रिक संविधान जारी गरिने छ,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई