मुलुक भरि पोलियो खोप अभियान सुरु

६ पुष २०७०, शनिबार १२:२८ मा प्रकाशित

काठमाडौं, ६ पुस । ‘दुई थोपा, हरेक बालबालिकासम्म’ भन्ने नाराका साथ राष्ट्रिय पोलियो खोप अभियान आजदेखि सुरु भएको छ ।
खोप अभियानको पहिलो चरणमा आज (शनिबार) सात हिमाली बाहेकका सबै जिल्लामा पाच बर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाएको छ । नेपाललाई पोलियो शून्य बनाउने अभियानअन्तर्गत स्वास्थ्य मन्त्रालयले विभिन्न चरणमा पोलियो खोप अभियान सञ्चालन गरेको हो ।
अभियानअन्तर्गत पहिलो चरणमा ६८ जिल्लाका जन्मेदेखि पाच बर्षमुनिका सम्पूर्ण बालबालिकालाई आज र भोलि तथा दोस्रो चरणमा आगामी माघ ११ र १२ गते पोलियो खोप लगाइने छ ।
अभियानअन्तर्गत मुलुकभरका पाच बर्षमुनिका ४२ लाख २६ हजार ९ सय ९६ बालबालिकालाई समेट्ने लक्ष्य सरकारले लिएको छ ।
सबै गाविसमा कम्तीमा एउटा तथा नगरपालिकाका प्रत्येक वडामा कम्तीमा दुई खोप केन्द्र सञ्चालन गरिने छ । यसरी मुलुकभर ४० हजार ४४७ खोप केन्द्रमा ८१ हजार स्वयंसेवक र १२ हजार अनुगमनकर्ता परिचालन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्

काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुने व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।