समानुपातिकको सूचीमा समस्या छैन : सापकोटा

५ पुष २०७०, शुक्रबार १६:२५ मा प्रकाशित

काठमाडौं, ५ पुस । एमाओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले संविधानसभामा जानका लागि निर्वाचन आयोगसँग समानुपातिकको सूची बुझाउने समय बढाउन आग्रह गरिएको बताएका छन् ।
काठमाडौंमा आज (शुक्रबार) आयोजित कार्यक्रममा सापकोटाले एमाओवादी संविधानसभामा जाने बताए । ‘संविधानसभामा जान्छौ,’ उनले भने, ‘संविधानसभामा जानका लागि पहल अघि बढाउँदै छौं ।’
सापकोटाले पार्टीभित्र समानुपातिक तर्फबाट नामावली छनौटमा कुनै विवाद नभएको बताए । ‘दलहरुका बीच सहमति हुना साथ निर्वाचन आयोगलाई बुझाउने जानकारी दिन्छौं,’ उनले भने, ‘पार्टीभित्र नाममा कुनै विवाद छैन ।’
कांग्रेसका नेता दीपकुमार उपाध्यायले एमाओवादीले भने जस्तो संविधान निर्माणमा सहमतिको बाध्यकारी ब्यवस्था हुने गरी संविधान संशोधनमा सहयोग नगर्ने बताए । ‘संविधान संशोधनका लागि कांग्रेसलाई मान्य छैन,’ उनले भने, ‘सहमतिमा संविधान बन्न सक्दैन ।’
एमालेका नेता गोकर्ण विष्टले कांग्रेसभित्र एमालेसँग सहकार्यको विपक्षमा कुरा उठन थालेको प्रति चिन्ता जनाए । ‘कांग्रेसले औपचारिक रुपमा प्रतिपक्षमा बस्न आग्रह गरे हामी सरकार बाहिर बस्छौं,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्

काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुने व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।