विकासको साझा कार्यसूची आवश्यक : सरकार

५ पुष २०७०, शुक्रबार १५:३२ मा प्रकाशित


काठमाडौं, ५ पुस । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले मुलुकमा राजनीतिक र संवैधानिक संक्रमणको व्यवस्थापन भएको अवस्थामा विकासको साझा कार्यसूची बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून) को २२ औं साधारणसभाको आज (शुक्रबार) राजधानीमा उद्घाटन गर्दै मन्त्री कोइरालाले सियोदेखि हेलिकोप्टरसम्म बाहिरबाट ल्याउनुपर्ने मुलुकको आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी नबनाएसम्म सवै प्रयास निष्फल हुने बताए ।
उनले आफूले सहकारीलाई सरकारी र निजीक्षेत्रको सेतूका रुपमा विश्वास गरेको बताए । ‘यस वर्षको बजेटले तीन खम्बाबीच सहकार्य, समदूरी र समन्वयको बाटो खोलेको छ,’ उनले भने ।
सहकारी क्षेत्रमा संख्यात्मक नभई गुणात्मक प्रगति हुनुपर्ने बताएका उनले सरकारको हस्तक्षेप कमभन्दा कम होस् भन्ने चाहेकोले आत्मअनुशासनलाई मूलमन्त्र बनाई अघि बढ्न सहकारीकर्मीहरुलाई आग्रह गरे ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले देशको १५ प्रतिशत वित्तीय क्षेत्र ओगटेको सहकारी समस्यामुक्त होस् भन्ने आफूहरुको चाहना रहेको बताए । उनले भने, ‘सहकारीले कमजोरी लुकाउने होइन, फुकाउनु पर्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई