नेपालमा भारतीय कम्पनी लगानी गर्दै

५ पुष २०७०, शुक्रबार १५:०७ मा प्रकाशित

काठमाडौं, ५ पुस । उर्जा तथा पूर्वाधारका क्षेत्रमा विश्वका थुप्रै मुलुकमा ख्याती कमाएको भारतीय लगानी तथा निर्माता कम्पनी जीएमआर कम्पनीले नेपालमा जलविद्युत तथा उर्जाका क्षेत्रमा लगानी अगाडि बढाएको छ ।
अर्थमन्त्री शंकरप्रसाद कोइरालासँग आज (शुक्रबार) सिंहदरबारमा भएको भेटमा ईनर्जी कम्पनीका अध्यक्ष जीबीएस राजुले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले आफूहरु लगानी गर्न उत्साही भएको बताए ।
अन्तर्राष्ट्रिय वित्तीय संस्था (आईएफसी) को सहयोगमा नेपालमा माथिलो मस्र्याङ्दी आयोजनाको सम्झौता गरेको जिएमआरले अन्य ठूला आयोजनाहरुमा पनि काम गर्ने इच्छा देखाएको छ ।
आफूहरुले विश्वका थुप्रै राष्ट्रमा जलविद्युत, नागरिक उड्डयन र भौतिक पूर्वाधारका क्षेत्रमा विज्ञता र विश्वसनीयता हासिल गरेको बताउादै अध्यक्ष राजुले नेपालमा पनि यसखाले काम गर्न सरकारसंगको साझेदारी चाहेको बताए ।
अर्थ मन्त्री कोइरालाले नेपालमा ठूलाठूला आयोजनाहरुको प्रचुर सम्भाव्यता रहेको बताउँदै यस्ता आयोजनाहरुमा जीएमआरसंग सहकार्य गर्न तयार रहेको बताए ।
उनले आईएफसीसंग सहकार्य गरेकोमा बधाई दिँदै नेपालमा काम गरेर लगानीमैत्री वातावरण छ भन्ने सन्देश प्रवाह गर्न आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको