संविधानका सबै विवादित विषयमा सहमति बनेको नेताहरुको दावी

४ बैशाख २०६९, सोमबार १२:५५ मा प्रकाशित


काठमाडौ ४ बैशाख । संविधानका विवादित विषयमा सहमति जुटाउन हिजोदेखि निरन्तर बसेको मधेसी मोर्चासहित तीन दलका शिर्ष नेताहरुको बैठक सकिएको छ ।
काठमाडौको हात्तिबन रिसोर्टमा बसेको बैठक संविधान निर्माणका क्रममा देखिएको विवादित विषयहरु राज्यको पुर्नसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्यायप्रणाली र नागरिकताको विषयमा छलफल भएको थियो ।
एमाले अध्यक्ष झलनाथ खनालले संविधान निर्माणका क्रममा देखिएका पाँच वटै विवादित विषयमा गंभिरतापूर्वक छलफल भएको र दलहरु सहमति नजिक पुगेको जानकारी दिए । उनले जेठ १४ गते संविधान निर्माण गरेर जारी गर्नेमा दलहरु एकमत भएको भन्दै अर्को बैठकमा दलहरु सबै विषयमा सहमतिमा पुग्ने विश्वास ब्यक्त गरे । खनालका अनुसार शिर्ष नेताहरुको अर्को बैठक पर्सी पुन बस्ने छ ।
नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानका विवादित विषय सहित राष्ट्रिय सहमतिको सरकार निर्माणको विषयमा पनि सकारात्मक छलफल भएको भन्दै दलहरुवीच छिट्टै राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने सहमति भएको बताए ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संसदबाट चुनिने प्रधानमन्त्री रहने शासन ब्यवस्थामा सहमति भए पनि राष्ट्रपति ईलेक्ट्रोल कलेज वा प्रत्यक्ष कसरी निर्वाचित गर्ने भन्नेमा भने दलहरुवीच मतभेद कायमै रहेको जानकारी दिए । उनका अनुसार काग्रेसले ईलेक्ट्रोल कलेजमा अडान राखेको छ भने माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनु पर्ने अडान राखेको छ । यद्यपि माओवादी काग्रेस, एमाले र मधेसबादी राष्ट्रपतिलाई अहिलेको भन्दा बढी अधिकार दिन र प्रधानमन्त्रीलाई महाअभियोगबाहेक निश्चित समयसम्म हटाउन नसक्ने ब्यवस्थामा भने एक भएका छन् ।
त्यसैगरी दलहरुवीच ७ देखि ९ वटा सम्म प्रदेश बनाउनेमा समेत सहमति भएको छ । तर प्रदेशको सिमाङकन र नामाङकनमा भने दलहरुवीचको विवाद कायमै छ । माओवादी र मधेसवादीले जातीय पहिचान सहितको नामाङकनको कुरा गरेका छन् भने एमाले र काग्रेसले जातीय मात्रै नभई, सस्कृति,ईतिहास र धर्म पनि नामाङकनको आधार हुनु पर्ने तर्क गरिरहेका छन् ।
गच्छदारले विवादित विषयमा आज र भोली दलहरुले आन्तरिक रुपमा छलफल गरेपछि पर्सी पुन छलफल गरेर विवादित विषयहरुलाई टुङग्याउने विश्वास ब्यक्त गरे । दलहरु सहमतिमै संविधान जारी गर्नु पर्ने पक्षमा एकमत भए पछि भोली बस्ने संबैधानिक समितिको बैठकबाट फेरि सहमतिकोलागी ५ दिन को समय दिने सहमति पनि बैठकमा भएको छ ।
काग्रेस नेता अर्जुन नरसिह केसीले निर्वाचन प्रणाली र न्यायप्रणालीमा दलहरु सहमतिको एकदमै नजिक पुगेको बताए । उनले निर्वाचन प्रणाली संविधानसभाका निर्वाचन जस्तै प्रत्यक्ष र समानुपातिक दुबै हुने गरी मिश्रितमा जाने र न्यायप्रणालीमा विवादित रहँदै आएको संबैधानिक अदालत सर्वोच्चमै एक बेन्चको रुपमा राख्नेमा मोटामोटी सहमति भएको बताए । माओवादीले भने तत्काल सक्रमणकालकोलागी भने संबैधानिक अदालत छुट्टै राख्नु पर्ने तर्क गरेको छ । माओवादी अलग अदालतको अडानबाट पछि हटेको छ ।
एमाले नेता भीम रावलले शिर्ष बैठकले जेठ १४ गते भित्रै संघीयता सहितको संविधान जारी हुने ठोस आधार तय गरेको प्रतिक्रिया दिए ।
दलहरुले हात्तिबनमा रहेर २६ घण्टासम्म निरन्तर छलफल गरेका थिए ।  जसमा दलहरुले समूहगत रुपमा तीन पटक, अनौपचारिक रुपमा ५ पटक र द्धिपक्षीय रुपमा ५ पटक छलफल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत