काँग्रेस समानुपातिक सभासद छनौट प्रक्रिया; कोइराला-देउवा भाग बंडामा टुंगिदै

५ पुष २०७०, शुक्रबार ०६:३६ मा प्रकाशित

काठमाडौं, ५ पुस । सम्पन्न संबिधानसभा निर्वाचनमा सबै भन्दा ठुलो दलको रुपमा स्थापित नेपाली काँग्रेस समानुपातिक सभासद छनौट प्रक्रियामा राम्रो होइन हाम्रो छान्नु पर्ने बाध्यताका कारण कोइराला देउवा बिचको भाग बन्डामा देखिएको खिचातानीले बिबादको नयाँ मोड लिएको छ । पार्टी र सरकारको नेतृत्व जस्ता बिषयमा समानुपातिकतर्फका तीन सय पैंतीस उम्मेदवारमध्येबाट ‘आफ्ना मान्छेको पहिचान’ गरी सभासद् बनाउनु कोइराला र देउबाको लागि प्रतिष्ठा र सरोकारको विषय बनेको छ । संसदीय दलमा जसले बहुमत पुर्याउन सक्छ उही दलको नेता बन्ने र जो नेता बन्छ सोही व्यक्तिले प्रधानमन्त्रीको उम्मेदवार हुन पाउने भएकोले सभासद् छनोट नेताहरूका निम्ति कठिन कार्य बन्न पुगेको हो । काँग्रेस प्रजातन्त्रवादी र प्रजातान्त्रिक पार्टी भएकोले नेतृत्व चयनमा उसका आफ्नै विधि र व्यवहार छन् । सर्वसम्मत नभए निर्वाचनबाट नेता चयन गर्ने कार्यलाई काँग्रेसभित्र अत्यन्त स्वाभाविक रूपमा लिइन्छ । त्यस्तै पार्टीका शीर्षस्थ एवम् प्रभावकारी नेताहरूबीच कुनै खास विषयमा सहमति खोजिनु या शक्ति सन्तुलनअनुरूप ‘भागवण्डा’ गरिनुलाई काँग्रेसभित्र आवश्यक र उचित मान्ने गरिएको छ। यसै पृष्ठभूमिमा समानुपातिकतर्फका सभासदहरू चयन गर्ने क्रममा पनि भागवण्डाको प्रक्रिया अवलम्बन गरेको बुझिएको छ । सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाबीच साठी र चालीस प्रतिशत हुनेगरी भागवण्डाको कुरा आइरहेको भए पनि उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा नेताहरू डा. रामशरण महत र खुमबहादुर खड्काको आग्रहलाई समेत उपेक्षा गरेर निर्णयमा पुग्न सक्ने स्थिति छैन । त्यसैले मूख्य भागवण्डा सभापति कोइराला र नेता देउवाका बीचमा हुने भए पनि अन्य नेताहरूको आग्रहलाई समेत सम्बोधन गर्दै सभासद्हरूको टुङ्गो लाग्ने सम्भावना छ । महिला, दलित, जनजाति आदि समुदायको समेत निश्चित सङ्ख्यामा प्रतिनिधित्व हुने सुनिश्चिताका साथ राजनीतिक सन्तुलन मिलाउनुपर्ने हुनाले आफ्ना मान्छेहरूको पहिचान गरी ‘सेटिङ’गर्ने कार्य अलि जटिल हुन पुगेको बताइन्छ। आफूले आफ्नो ठानेर छानेका मानिस भविष्यमा धोखाधडी गर्ने प्रकारको नहोस् भन्ने कुरामा नेताहरू अत्यन्त सचेत बनेका छन्। पुस दश गतेसम्ममा आपसी सहमतिमै सभासद्हरूको छनोट हुनेमा काङ्गे्रस नेतृत्व विश्वस्त देखिएको छ । सभासद्हरूको टुङ्गो लागेपछि निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन बुझाउने र तत्पश्चात् दलहरूबाट आ–आफ्ना संसदीय दलका नेता चयन कार्य सम्पन्न हुनेछ। नेपाली कांगे्रसमा सभापति सुशील कोइरालालाई सर्वसम्मत नेता बनाइनुपर्छ भन्ने आवाज जोडका साथ उठिरहेको छ । कोइरालालाई दलको नेता बनाउने कुरामा वरिष्ठ नेता शेरबहादुर देउवाले समेत सहमति जनाउने स्थिति रहेको बताइन्छ । तर, त्यसका लागि कोइरालाले सभापतिको जिम्मेवारी आफूलाई सुम्पनुपर्ने सर्त देउवाले राख्नुहुने बुझिएको छ। विधानतः त्यसरी सभापति पद हस्तान्तरण गर्न नसकिने भए पनि आपसी सहमति बनेमा सभापतिले कसैलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिन छेकवार नलाग्ने विश्वास गरिन्छ । तर, त्यसरी कार्यवाहक सभापति तोक्दा उपसभापति त्यसको हकदार बन्ने या अरू कुनै नेता भन्ने विवाद भने उत्पन्न हुनसक्ने सम्भावना छ । कुनै कारणवश कसैलाई पनि कार्यवाहक सभापति नबनाउने निष्कर्षमा सभापति कोइराला पुगे भने त्यस्तो अवस्थामा निर्वाचनमार्फत दलको नेता छानिने र कोइरालासँग देउवाले प्रतिस्पर्धा गर्ने सम्भावना प्रबल छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्