सिंहको चुनावी खर्च पौने आठ लाख

४ पुष २०७०, बिहीबार १६:५७ मा प्रकाशित

काठमाडौं, ४ पुस । कांग्रेसका महामन्त्री प्रकाशमानसिंहले संविधानसभा चुनावमा भएको खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।
सिंहले आज (बिहीबार) काठमाडौं क्षेत्र नम्बर एकस्थित आयोगको कार्यालयमा ७ लाख ७३ हजार ४ सय ९० रुपियाँको खर्च विवरण बुझाएको जारी विवरणमा उल्लेख छ ।
सिंहले आयोगको मापदण्ड भित्रै रहेर चुनावमा खर्च गरेको दाबी गरेका छन् ।
चुनावमा कार्यकर्ता परिचालनमा २ लाख, बुथ खर्च २ लाख २० हजार, सवारी साधनमा ८४ हजार, इन्धनमा २८ हजार ८ सय ४०, आमसभा गोष्ठीमा ६८ हजार, पर्चा छपाईमा ६२ हजार १ सय ५० खर्च भएको विवरणमा उल्लेख छ ।
त्यसै गरी प्रचार प्रसार र झण्डामा २५ हजार, कार्यालय सञ्चालनमा ६० हजार, मतदाता नामावली खरिदमा ५ सय र विविध शीर्षकमा २५ हजार रुपियाँ खर्च भएको आयोगलाई बुझाईएको विवरणमा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस