दोषीलाई कारबाही गर्न प्रेस युनियनको माग

४ पुष २०७०, बिहीबार १६:५३ मा प्रकाशित

काठमाडौं, ४ पुस । नेपाल प्रेस युनियनले सदस्यता वितरणमा भएको अनियमितता र विधान विपरीत गरिएका निर्णयका सम्बन्धमा पत्रकार महासंघले आत्मालोचना गरेकोमा आफूले सकारात्मक रुपमा लिएको जनाएको छ ।
युनियनका महासचिव शिव लम्सालले आज (बिहीबार) विज्ञप्ति जारी गरेर अनियमितता र विधान विपरीतका निर्णयहरु फिर्ता गरेकोमा सकरात्मक रुपमा लिएको जनाएका हुन् ।
महासंघ नेतृत्वले विधान विपरित गरेका निर्णयलाई सच्याउने सम्बन्धमा मिति २०७० साल पुस ३ गते वक्तव्य सार्वजनिक गरेको थियो ।
प्रेस युनियनले ०७० साल पुस ५ गतेका दिन महासंघको केन्द्र र शाखामा गर्ने भनिएको विरोध कार्यक्रम हाललाई स्थगन गरिएको पनि लम्सालले जनाएका छन् ।
जिल्ला शाखाको सिफारिसमा वास्तविक पत्रकारहरुलाई सदस्यता उपलब्ध गराउन प्रेस युनियन माग पनि गरेको छ ।
युनियनले यस अगाडि सदस्यता वितरणमा विधान विपरीत अनियमितता गर्नेहरुमाथि आवश्यक कारवाही, निष्पक्ष छानबिन आयोग गठन र त्यस्तो प्रवृत्तिलाई पुन: दोहोरिन नदिने प्रबन्ध मिलाउन समेत माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको