राणा रथीमा बढुवा/बलाधिकृत पाण्डेको सरुवा

४ पुष २०७०, बिहीबार १४:५३ मा प्रकाशित

काठमाडौं, ४ पुस । सरकारले नेपाली सेनाका उपरथी प्रदीप बिक्रम राणालाई रथीमा बढुवा गरेको छ भने रथी पवनबहादुर पाण्डेलाई बलाधिकृतको कार्यालयमा सरुवा गरेको छ ।
सिंहदरबारमा आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो । उनलाई बलाध्यक्षको जिम्मेवारी पनि दिईएको सूचना तथा सञ्चार मन्त्री माधवप्रसाद पौडेलले जानकारी दिए ।
नेपाली सेनाका रथी पाण्डेलाई बलाधिकृतको कार्यालयमा सरुवा गरिएको पौडेलले बताए । सेनाकै प्राविधिक तर्फका नरेशकुमार गिरीसहित तीन जनालाई रथी पदमा र अरुण शम्शेर राणासहित तीन जनालाई महासेनानीमा बढुवा गर्ने निर्णय भएको प्रवक्ता पौडेलले बताए ।
त्यसै गरी सरकारले सहन्यायाधीवक्ता महेशकुमार थापालाई न्यायाधीवक्तामा बढुवा गरेको छ ।
अछाममा रहेको बुढीगंगा जलविद्युत् परियोजना निर्माणका लागि साउदी विकास कोषबाट प्राप्त हुन लागेको २ अर्ब ९२ करोड ५ लाख रुपियाँ ऋण लिने वा नलिने विषयमा निर्णयमा पुग्न विद्युत विकास विभागका निर्देशकको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ ।
सरकारले मुक्त कमैया पुन:स्थापना समस्या समाधान आयोग गठन आदेशको बाह्ररौ संशोधन–२०७० लाई पारित गरेको छ । सरकारले आयोगको कार्यावधी असार मसान्तसम्म थप पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका