‘जनताले तिरेको कर दुरुपयोग गर्ने अधिकार छैन’

४ पुष २०७०, बिहीबार १३:४४ मा प्रकाशित

काठमाडौं, ४ पुस । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले गरिबले कर तिरेको पैसा दुरुपयोग गर्ने या अनुत्पादक ढंगले थुपार्ने सुविधा कसैलाई नभएको बताएका छन् ।
उद्योग मन्त्रालयको आज (बिहीबार) बसेको चौमासिक समीक्षा बैठकमा उद्योगमन्त्री समेत रहेका कोइरालाले जनता प्रत्यक्ष लाभान्वित हुने बजेटले सम्बोधन गरेका विषयलाई तत्काल अघि बढाउन आग्रह गरे ।
उनले तुलनात्मक हिसावले अहिले लगानी मैत्री वातावरण बनेको दावी गर्दै मन्त्रालयले पहिलो चौमासिकमा गरेको भौतिक र वित्तीय प्रगति निराशाजनक नभएको बताए ।
‘चारैतिरबाट गुनासो आउने कम्पनी रजिष्टारको कार्यालयमा समेत अनलाईन सेवा शुरु भएको छ,’ उनले भने, ‘अन्य निकायमा पनि यस्तै सेवाको खाका लिएर आउनुस् ।’
उनले चुनाव भइसकेको अवस्थामा अध्यादेशबाट ऐन ल्याउँदा नकारात्मक सन्देश जाने भएकाले अड्किएको बताए । ‘व्यापारिक समुदाय हाम्रो पछाडि छ,’ उनले भने, ‘सरकार र निजीक्षेत्रको सहकार्य घनीभूतसंग बढ्दै गएको छ ।’
उनले धराशायी अवस्थामा पुगेका बुटवल धागो, औषधि लिमिटेड, म्याग्नेसाइट कम्पनीलाई जनकपुर चुरोट कारखानालाई जस्तै तत्काल टुंगोमा पुर्‍याउन आग्रह गरे ।
मन्त्री कोइरालाले सिमेन्ट उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै गएकोमा खुसी प्रकट गर्दै सरकारको प्रोत्साहनले उद्योग केही वर्षमै विदेश निर्यात गर्ने अवस्थामा पुग्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति वैठक आज पनि बस्दैछ । राजधानीमा हिजोदेखि शुरु भएको

काठमाडौं । गत बर्षको तीजमा फुर्के धागो बोलको गीतले सर्वाधिक चर्चा पाएपछि ‘फुर्के धागो २’ बजारमा आएको छ । यस

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । पार्टीका

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन भन्ने कुराको