आन्तरिक मामिलामा हस्तक्षेप हुंदैन : चीन

४ पुष २०७०, बिहीबार १०:२१ मा प्रकाशित

काठमाडौं, ४ पुस । कांग्रेस सभापति सुशील कोइरालासंग चिनियां कम्युनिष्ट पार्टीको विदेश विभागका उपमन्त्री आइ पिङ नेतृत्वको प्रतिनिधि मण्डलले भेटवार्ता गरेको छ ।
काठमाडौंमा आज (बिहीबार) भएको भेटवार्तामा दुवै मुलुकहरुमा भएका पछिल्ला राजनीतिक घटना, द्धिपक्षीय सम्बन्ध, आर्थिक सहयोग र दुई पार्टीहरुको आपसी सम्बन्धका बारेमा कुराकानी भएको भेट पछि जारी विज्ञप्तिमा उल्लेख छ ।
वार्तामा सभापति कोइरालाले संस्थापक नेता बी पी कोइरालाको पालादेखि आरम्भ भएको चीन र चिनियां कम्युष्टि पार्टीसंगको नेपाल र नेपाली कांग्रेसको समधुर सम्बन्ध आउदा दिनमा अझ राम्रो भएर जाने विश्वास ब्यक्त गरे ।
‘वार्ता दुइ पार्टीबीचको सम्बन्ध, दुइ देशबीचको सम्बन्ध, आपसी सहयोग, विकास र शान्ति प्रकृयाका बारेमा केन्द्रीत रह्यो,’ परराष्ट्र विभाग प्रमुख सुजाता कोइरालाले भनिन्, ‘उहांहरुले संविधान निर्माणका बिषयमा गहिरो चासो लिनु भयो ।’
प्रचार विभाग प्रमुख मिनेन्द्र रिजालले आर्थिक रुपमा शक्तिशाली भैरहेको छिमेकी चीनका प्रतिनिधिहरुले नेपाल पनि उन्नतशील राष्ट्रको रुपमा बढोस भन्ने सदासय प्रकट गरेको जानकारी दिए ।
‘नेपालमा दोस्रो संविधानसभाको निर्वाचन भएको छ । यो महत्वपूर्ण राजनीतिक घट्ना हो,’ भेटवार्तापछि चिनियां उपमन्त्री पिङले भने, ‘चीनमा पनि चिनिया कम्युनिष्ट पार्टीको १८ औं केन्द्रीय समितिको तेस्रो प्लेनम र छिमेकी मुलुकहरुसंग चीनको सम्बन्धका बारेमा महत्वपूर्ण सम्मेलन भएका छन् । यी घटनाहरुका सम्बन्धमा जानकारी आदानप्रदान भयो ।’
उपमन्त्री पिङले नेपालका राजनीतिक दलका नेताहरु सहमति कायम गरी अगाडि बढ्न लागेकोमा खुशी प्रकट गर्दै अब बन्ने संविधानमा सबै जनताको सुझाव समावेश हुने विश्वास व्यक्त गरे । उनले भने, ‘चीनले आन्तरिक मामलामा हस्तक्षेप गर्दैन ,यसमा हामी अडिग छौं ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो