बैंस सकिएको प्रेममा मस्त कोमल वली

४ पुष २०७०, बिहीबार ०५:५७ मा प्रकाशित

काठमाडौं । नेपालको राजनीतिक क्षेत्रमा कुनै बखत स्वर्गीय सन्त नेता कृष्णप्रसाद भट्टराईका गफहरू निकै चर्चित थिए। सन्त नेता भट्टराईले अविवाहित नै रहेर जिन्दगी बिताए। खुब ठट्यौली गर्ने सन्त नेता भट्टराई। पत्रकार, साथीभाइसंगको भेटमा उनको विहेवारीको प्रसंग चल्दा उनी भन्ने गर्दथे रे–’दुःख गरेर गाई पालेर किन दूध खाने रहर गर्नु? गाई नपाले पनि दूध खान पाएपछि गाई नै पाल्नु पर्छ भन्ने छ र?’ गाई नपाल्ने तर, दूध मजाले खाने।’ अनि तपाई अविवाहित कि कुमार? भनेर कसैले प्रश्न राख्यो भने उनको जवाफ ‘म कुमार चाहिं होईन, अविवाहित चाहिं हुँ।’ यो त भयो नेपालको राजनीतिका कुटनीतिक पात्र अनि चर्चित दिवंगत ब्यक्तित्व सन्त नेता कृष्णप्रसाद भट्टराई ‘अविवाहित’ कि ‘कुमार’ भन्ने प्रसंग। नेपालको राजनीतिक क्षेत्रका चर्चित र वरिष्ठ ब्यक्तित्वहरू त धेरै छन्, अविवाहित तर कुमारत्व सुरक्षित राख्न नसक्नेहरू, नेपालको कलाकारिता क्षेत्रमा पनि यस्तै चर्चित ब्यक्तित्वहरू कम छैनन् कुमारत्व र कुमारीत्व सुरक्षित राख्न असफल अविवाहितहरू। उनीहरू मध्ये कतिका कुमारत्व भंग भएका होलान, कतिपयले कुमारीत्व पनि सुरक्षित राख्न नसकेका होलान। आजभोलि विवाहको मौसम छ। विवाहित र अविवाहित प्रसंग चाहिं पनि चल्ने गर्दछ। चर्चित गायिका कोमल वलीको बारेमा मंसिर सुरु भयो विवाहको प्रसंग चल्ने गर्दछ। यही मंसिर महिनामा धमाधम लगनगाँठो साइत जुरिरहेको समयमा पत्रकारसंगको अन्तर्वार्ताको क्रममा चर्चित गायिका कोमलले भनिछन् ‘अहिले पनि म प्रेममा छु, तर बिहे गर्ने पक्षमा छैन।’ कोमलको यो भनाईले तिनै अविवाहित, तर, कुमार भने नरहेरै जीवन विताएका सन्त नेता कृष्णप्रसाद भट्टराईले भने झै’गाई नपालीकन पनि मजाले दूध खान पाइन्छ भने गाई पाल्ने दुःख कसले गरिरहन्छ …!!’ विवाहको लगनमा यस्ता प्रसंग उठ्ने गर्दछन् नै। तरपनि, गाई पाल्न दुःख नगर्नेहरूमा राजनेतामात्र होइन चर्चित कलाकारहरू राजेश हमालदेखि कोमल वलीसम्मको इतिहास बन्दैछ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गायक प्रकाश सपूत र गायिका सुनिता दुलाललाई ‘विपद् जोखिम सद्भावना दूत’

काठमाडौं । अमेरिकामा बस्दै आएका नेपाली कलाकारले नेपाली लोक दोहोरी गीतको प्रवद्र्धनका लागि त्यहीँबाट प्रत्यक्ष लोक दोहोरी गायन कार्यक्रम सुरु

भारतीय अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रालाई प्रहरीले गिरफ्तार गरेको छ । कुन्द्रालाई यसै सालको फेब्रुअरीमा अश्लिल फिल्म बनाएको र