लेखनाथ साहित्य पुरस्कार धर्मराज थापालाई

४ पुष २०७०, बिहीबार ०५:५४ मा प्रकाशित

पोखरा । लेखनाथ साहित्य प्रतिष्ठान कास्कीद्वारा सञ्चालित तथा कवि शिरोमणि लेखनाथ पौडेलकी कान्छी छोरी स्व कुन्तीदेवी भट्टराईका परिवारद्वारा स्थापित यस वर्षको लेखनाथ साहित्य पुरस्कार जनकविकेशरी धर्मराज थापालाई दिइने भएको छ। पुरस्कारको राशि रु ५० हजार र सम्मानपत्र रहेको छ।
प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालको अध्यक्षतामा बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। उक्त पुरस्कार कविशिरोमणि लेखनाथ पौड्यालको १३० औँ जन्मजयन्ती समारोहमा आगामी पुस १५ गते वितरण गरिने बताइएको छ। यसैगरी कुन्तीदेवी शिक्षा पुरस्कार लेखनाथ नगरपालिका –११ स्थित अमरसिद्ध नमुना उमाविकी छात्रा विनिता सुवेदीले पाउने भएकी छन्। गत वर्षको प्रवेशिका परीक्षामा लेखनाथ नगरपालिकाबाट सबैभन्दा बढी प्रतिशत ल्याएकाले उनलाई सो पुरस्कार दिन लागिएको हो। पुरस्कारको राशि रु १० हजार र प्रशंसापत्र रहेको छ। यस्तै लेखनाथको जन्मस्थल अघौं अर्चलेमा रहेको कविशिरोमणि लेखनाथ प्राविका छात्रालाई रु १० हजारको कुन्तीदेवी छात्रवृत्ति पनि वितरण गरिने कार्यक्रम रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो

जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । विद्रोह चेत बोकेर कविता लेख्ने