राष्ट्रपति चुरे संरक्षित क्षेत्रमा वन फडानी

४ बैशाख २०६९, सोमबार १२:१६ मा प्रकाशित

कपिलबस्तु, ४ बैशाख । राष्ट्रपति चुरे संरक्षित क्षेत्रमा सामुदायिक वनको मिलोमतोमा करोडौं रुपैयाँ बराबरको वन फडानी भएको पाइएको छ । कपिलवस्तु र अर्घाखाची सिमानामा पर्ने अर्घाखाँचीको सिमलपानी वडा न. ८ र ९ मा पर्ने कल्लेरी पौवा महिला सामुदायिक वन क्षेत्रमा सामुदायिक वन, वन कर्मचारी र तस्करको मिलोमतोमा एक हजार दुई सय भन्दा बढी सालका हरिया रुखहरु फडानी गरिएको हो । हतियारसहित गस्ती गर्ने तस्करको समूहले चार महिना लगाएर व्यापक फडानी गरेको पुष्टी भएको हो ।  सामुदायिक वन क्षेत्रको ४ किलोमिटर खण्डमा फडानी गरिएको छ । फडानी गरिएको रुखको फेदमा केमिकलको प्रयोग गरी जलाएर निसाना मेटाउने गरी कटान गरिएको घटना स्थलको अनुगमनपछि इलाका वन कार्यालय पिपरा कपिलवस्तुका सहायक वन अधिकृत उपेन्द्र यादवले बताउनुभयो । वन फडानीमा संलग्न भएको आरोपमा अर्घाखाचीको पावरा रेन्ज पोष्टका सहायक वन अधिकृतसहित ५ जना वन कर्मचारीलाई निलम्वन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको