जनसम्पर्क समिती अष्ट्रेलियाको खातामा रहेको २५ लाख गायब, अध्यक्ष सिटौला माथि कारबाही

३ पुष २०७०, बुधबार २३:३६ मा प्रकाशित

हेमन्त काफ्ले, सिडनी । नेपाली काँग्रेसको भातृसंगठनका रुपमा रहेको जनसम्पर्क समिती अष्ट्रेलियामा ब्यापक आर्थिक हिनामिना भएको.भन्दै कार्यसमितीले अध्यक्ष खगेन्द्र सिटौला( सन्तोस) माथि छानबिन प्रकृया अगाडि बढाउने भएको छ ।
हालै बसेको कार्यसमितीकोबैठकमा करिब २५ लाख नेपाली रुपैया बराबरको रकम अध्यक्ष सिटौलाले ब्यक्तीगत रुपमा मनोमानी ढंगले दुरुपयोग गरेको र संस्थाकोदर्ता प्रकृयामा समेत लापरबाही गरेको भन्दै कार्यसमितीले सिटौला माथि कारबाही प्रकृया अगाडि बढाउन लागेको हो। बैठकमा आर्थिक बिषयमा छलफल सूरुभएपछि सिटौला बैठक छोडी पछि हिसाब दिउला भन्दैबाहिरिएका थिए । सिटौलालाई बैठकमा जवाफ दिन पटक पटक आग्रह गरेपनि उनि बैठक छाडेर हिडेकोसहभागि सदस्यहरुले बताए ।
हाल कार्यसमितीको पदाबिधी समेत सकिएको र अध्यक्ष सिटौलाले नया निर्वाचन मिती समेत तोक्न नसकेको अवस्थामा संस्थालाई अगाडि बढाउन उपाध्यक्ष सुरेस गुरुङलाईकार्यवाहक अध्यक्षको रुपमा काम कारबाही अगाडि बढाउन जिम्मेबारी समेत दिएको छ । हाल सिटौलालाई निलम्बनमा राखी सम्पूर्ण कागजात सहित कारबाहीका लागि नेपाली कांग्रेस केन्द्रिय कार्यसमिती र जन सम्पर्क समितीमा पठाइएको कार्यकबाहक अध्यक्ष सुरेस गुरुङले बताए । कोषाध्यक्ष अजर्जुन केसीले कतिपय ठुलो रकम आफुले थाहा नपाइ झीकिएकोले छानबिनका लागि समेत आग्रह गरेक ा थिए । केसीले छानबिन प्रकृया सहज होस भन्दैहालका लागि पदवाट राजिनामा समेत दिएका छन । बैठकले अष्ट्रेलियाको संघ संस्था नियमावली भित्र रही सिटौला माथि कारबाहीकोलागि पार्टीमा आग्रह गरिने समेत निर्णय गरेको छ ।
नेपाली काँग्रेसको भातृ संगठनको रुपमा सन १९ जुलाई २००८ मा अष्ट्रेलियाको संघ संस्था दर्ता प्रक्रिया अनुरुप दर्ता भई जनसम्पर्क समिति अष्ट्रेलियाले अष्ट्रेलियामा कार्य गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न