निगमको घाटा अझै पनि एक अर्व ३५ करोड

३ पुष २०७०, बुधबार १५:३९ मा प्रकाशित

काठमाडौं, ३ पुस । मौसमका कारण चिसो वढ्दै गएपछि पेट्रोलियम पदार्थको ढुवानी गर्नेले ट्याङ्करलाई त्रिपालले छोपी ढुवानी गर्ने कार्य तत्काल रोक्न सरकारले निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि वास्कोटाले आज (बुधबार) नेपाल आयल निगमका उच्च अधिकारी र सरोकारवाला निकायका प्रमुखलाई बोलाएर त्रिपालले ट्याङकर नछोप्न निर्देशन दिएका हुन् ।
ट्याङ्करको माथिको र तल्लो भागको टेम्प्रेचर फरक पार्न व्यवसायीले त्रिपालको प्रयोग गर्न थाले पछि सरकारले त्यसो नगर्न भनेको हो । त्रिपाल प्रयोग गरेर व्यवसायी र कर्मचारीले निगमलाई घाटा पुर्‍याउन थाले पछि सरकारले चासो दिएको छ ।
त्रिपालले ट्याङकर छोपेर ब्यवसायीले निगमलाई नोक्सानी हुने कार्य गरेको उजुरी परे पछि सरकारले ढुवानीकर्तालाई ट्याङ्करमा त्रिपाल नलगाउन भनेको हो ।
‘त्रिपालले ट्याङ्करलाई छोपेर पेट्रोलियम पदार्थको ढुवानी गर्न रोक लगाउनु,’ निर्देशनका क्रममा सचिव वास्कोटाले भनेका छन् ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, गृह मन्त्रालयका सहसचिव, वाणिज्य र गुणस्तर तथा नापतौल विभागका महानिर्देशकहरु र नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई आफ्नै कार्यकक्षमा बोलाएर सचिव बास्कोटाले निर्देशन दिएका हुन् ।
‘नजिकको रिफाईनरीवाट तेलको ढुवानी गर्नु पर्छ,’ उनले भने, ‘क्षेत्रीयस्तरमा पनि मिसावट लगायतको अनुगमनलाई तिव्रता दिन र हालको १७/१८ हजार के.एल.को स्टकलाई ३० हजार के.एल.सम्म पुर्‍याउने ध्येयले काम गर्नु होस् ।’
सचिव वास्कोटाले खाना पकाउने ग्यासमा रातो र निलो सिलिण्डरको अवधारण कार्यान्वयनमा ल्याउन र एल.पी.ग्यासका वुलेटहरुलाई समयमै रिफाईनरीमा पुर्‍याई आपूर्ति व्यवस्था सहज तुल्याउन पनि निर्देशन दिए ।
वैठकमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव माधव रेग्मीले हाल डिजेलमा प्रति लिटर ११ रुपियाँ ९ पैसा र एल.पी. ग्यासमा प्रति सिलिण्डर ७ सय ५५ रुपियाँ ३८ पैसा नोक्सानी रहेको जानकारी गराए ।
निगमको मासिक नोक्सानी १ अर्व ३५ करोड ७ लाख रहेको पनि उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध