गतिशील अर्थतन्त्र निर्वाचित सरकारलाई दिन्छौं

३ पुष २०७०, बुधबार १५:३६ मा प्रकाशित

काठमाडौं, ३ पुस । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले राजनीतिक संक्रमणको सफल व्यवस्थापनपछि सरकार सुदृढ, सक्षम र गतिशील अर्थतन्त्र निर्वाचित सरकारलाई हस्तान्तरण गर्ने तर्खरमा रहेको बताएका छन् ।
बजेट वक्तव्यमा उल्लेखित नीति तथा कार्यक्रम र ठूला आयोजनाहरुको अवस्था बारे आज (बुधबार) अर्थ मन्त्रालयमा भएको समीक्षात्मक बैठकमा मन्त्री कोइरालाले बजेटले सम्बोधन गरेका विषयलाई प्राथमिकतासाथ अघि बढाउन आग्रह गरे ।
उनले समयमै बजेट आउनु, कार्यक्रम स्वीकृत हुनु र अख्तियारी दिनुले विकासको सूचक सकारात्मक भएको बताए । कोइरालाले अघिल्लो वर्षभन्दा पाँच महिनाको अवधिमा उल्लेख्य सुधार भएको बताए ।
बजेट वक्तव्यमा परेको तर रातो कितावमा नपरेका विषयमा कार्यक्रमसहित पैंसा माग्ने अधिकार मन्त्रालयहरुलाई रहेको उनले बताए ।
राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई अघि बढाउन अन्तर मन्त्रालय समन्वय गरी छिटो अघि बढ्न आवश्यक रहेको मन्त्री कोइरालाको भनाई थियो ।
उनले वितेको ५ महिनामा दाताहरुबाट ५० अरब रुपियाँ जम्मा भइसकेकाले दाताहरुको दृष्टिकोण सकारात्मक रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको