रेलले किचेर भारतमा एक नेपालीको मृत्यु

४ बैशाख २०६९, सोमबार १२:११ मा प्रकाशित

काठमाडौ, ४ बैशाख । भारतको सीमावर्ती बजार वहराइचमा रेलले किचेर एक नेपालीको मृत्यु भएको छ । ज्यान गुमाएका नेपालीको सनाखत भने अझै हुन नसकेको रेल्वे थाना वहराइचका अधिकारी अजयशंकर यादवले जानकारी दिनुभयो । अन्दाजी २५ वर्षीया युवकको दायाँ हातमा हिरालाल—रेखारानी लेखिएको टाटु फेला परेको भारतीय सुरक्षा निकायले जनाएको छ । त्यसैगरी उनको साथमा ब्राइटल्याण्ड कलेज नेपालगन्ज १३ लेखिएको टिसर्ट पनि फेला परेको छ । नेपालगञ्जको सीमानापारी रहेको भारतीय रुपैडिया बजारवाट रेल चढेर भारतको गोण्डातर्फ जानेक्रमा रिसियानजिक रोकिएको केही वेरमै रेल छुट्न थालेपछि अत्ताल्लिएर चढ्नेवेलामा रेलको लिकमा खस्दा उनको ज्यान गएको अनुमान भारतीय प्रहरीले गरेको छ । दुर्घटनापछि प्रहरीले सनखतका लागि प्रयास गर्दा पनि सफल नभएपछि आइतवार भारतीय कानुन अनुसार अन्तिम संस्कार गरिएको  जनाएको छ । मृतकको परिवारले प्रमाणसहित दावी गरेमा ४ लाख भारतीय रुपैयाँ पाउन सक्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहनुभएका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।

काठमाडौं । सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारका बारेमा विश्वव्यापी कलेजका पाठ्यपुस्तकमा पढाइ हुने भएको छ । अमेरिकी प्रकाशक म्याकग्रो हिलले

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’