नेतृत्वले घात गरेपछि स्वेच्छिक अवकास नै उपयूक्तः लडाकुहरु

४ बैशाख २०६९, सोमबार १२:०७ मा प्रकाशित

काठमाडौ, ४ बैशाख । पार्टी नेतृत्वप्रति आफूहरुले गरेको विश्वासमा घात भएपछि स्वेच्छिक अवकासमा जानुनै राम्रो विकल्प ठानेको अवकाशमा जाने लडाकुहरुले बताएका छन् । पछिल्लो पटक गएको शनिवार बसेको बिशेष समितिको बैठकमा सहमति भएको छनौट समितिको स्वरुपमा लडाकुहरुको प्रतिनिधी नराख्ने निर्णय भएपछि समायोजनमा गए पनि भविष्य निश्चित हुनेमा उनीहरुको आशङ्का छ । लडाकु रेखदेख, समायोजन तथा पुनस्थापना विशेष समितिको मातहतको सचिवालय संयोजक बालानन्द शर्माले लडाकुहरुमा निरासा बढेको प्रतिक्रिया दिनुभयो । समायोजन रोज्नको लागि पार्टी नेतृत्वले ठाडो निर्देशन दिएको र पार्टी भित्रको विवादले आफूहरु अलमलमा परेको वर्गीकरण टोलीसामु लडाकुहरुले बताउने गरेका छन् । बिभिन्न ७ मुख्य शिविरमा रहेका लडाकुहरु मध्ये धेरैले अवकाश राजेपछि ७ बुँदे सहमतिमा उल्लेख भएको सङ्ख्याभन्दा थोरै लडाकु नेपाली सेनाको मातहतमा बन्ने महानिर्देशनालयमा समायोजित हुने भएका छन् । गएको कातिक १५ मा भएको ७ बुँदे सहमतिमा साढे ६ हजार माओवादी लडाकुलाई नेपाली सेनामा समयोजन गर्ने उल्लेख छ । केही समयअघिसम्म शीर्षतहमा सहमति गरेर भए पनि ७ बुँदेमा उल्लेख भएभन्दा धेरै संख्यामा लडाकुलाई समायोजना गर्नुपर्नेमा माओवादीले अडान राख्दै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,