नातिकाजी स्मृति पुरस्कार ९ जनालाई

२ पुष २०७०, मंगलवार १४:३६ मा प्रकाशित

काठमाडौं, २ पुस । नातिकाजी स्मृति समाजले नातिकाजी विशेष संगीतक पुरस्कार विभिन्न श्रष्टालाई प्रदान गर्ने निर्णय गरेको छ ।
समाजले आज (मंगलबार) विज्ञप्ति जारी गरेर पुरस्कार पाउने श्रष्टाहरुको नाम सार्वजनिक गरेको हो । पुरस्कारको रकम ११ हजार १ सय ११ रुपियां छ । यो पुरस्कार हरेक बर्ष प्रदान गरिदै आईएको छ ।
समाजले नातिकाजी विशेष संगीत सम्मान, नातिकाजी संगीत पुरस्कार तथा नातिकाजी लोकप्रिय संगीत पुरस्कार प्रदान गर्दै आएको छ ।
नातिकाजी विशेष संगीत सम्मान गीतकार राजेन्द्र थापा, गायक ध्रुव के.सी. र संगीतकार शक्तिवल्लभ श्रेष्ठलाई प्रदान गरिएको छ ।
नातिकाजी संगीत पुरस्कार गीतकार डा. कृष्णहरि वराल, गायिका श्रीमति लोचन भट्टराई र संगीतकार न्ह्यू वज्राचार्यलाई दिने निर्णय भएको छ ।
नातिकाजी लोकप्रिय संगीत प्रतिभा पुरस्कार गीतकार वसन्त चौधरी, गायिका मिलन अमात्य र संगीतकार हरि लम्सालले पाउने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल

काठमाडौं । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारो स्थित

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा