विराटनरमा भारतीय रुपियां सटही गर्ने पक्राउ

२ पुष २०७०, मंगलवार १३:५५ मा प्रकाशित

विराटनगर, २ पुस । अबैध रुपमा सञ्चालनमा रहेको नोट सटही केन्द्रका सञ्चालक इन्द्र गेलाललाई प्रहरीले विराटनरमा पक्राउ गरेको छ ।
गेलाल राष्ट्र बैंकका पूर्व कर्मचारी हुन् । भारतीय रुपियाँ अबैध रुपमा सटही गरेको अभियोगमा प्रहरीले उनलाई आज (मंगलबार) पक्राउ गरेको हो ।
उनको साथबाट पाँचसय भारतीय नोटका दुई लाख पाँच हजार रुपियाँ बरामद गरिएको मोरङ प्रहरी प्रमुख विश्वराज पोखरेलले जानकारी दिए ।
गेलालले राष्ट्र बैंक छेउमा विशाल सटही केन्द्रका रुपमा भारतीय रुपियां सटही काउण्टर चलाउंदै आएका छन् ।
भारतीय रुपियाँको कारोबार हुने गरेको सूचनाका आधारमा ग्राहक बनेर सादा पोशाकमा गएका प्रहरीले गेलाललाई पक्राउ गरेका हुन् ।
नेपालमा भारतीय पाँच सय र एक हजार रुपियाँका नोट कारोबारमा प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । हिजो आज अस्ट्रेलियामा पनि स्तरिय नेपाली म्युजिक भिडियो निर्माण हुन थालेका छन्। पछिलो समय अस्ट्रेलियाको विभिन्न ठाउमा छायांकन

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत