सूची बुझाउन पुस–१० गते सम्म म्याद थप

१ पुष २०७०, सोमबार १७:२२ मा प्रकाशित

काठमाडौं, १ पुस । निर्वाचन आयोगले उच्चस्तरीय राजनीतिक समितिको आग्रह अनुसार समानुपातिक तर्फको सूची बुझाउने मिति पुन: थप गरेको छ ।
आयोगले आज (सोमबार) विज्ञप्ति जारी गरेर पुस–१० गते भित्र समानुपातिक तर्फको सूची बुझाउन भनेको छ । यस अघि आयोगले पुस–३ गते सम्म सूची बुझाउन भनेको थियो । आयोगको आजै बैठक बसेर सो निर्णय गरेको हो ।
सहमतिका लागि वार्ता र सम्वाद जारी रहेको भन्दै आजै बिहान राजनीतिक समितिले आयोगलाई एकसाताको म्याद थप गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।
कांग्रेस सभापति सुशील कोइरालाको निवासमा बसेको सो बैठकको निर्णय लगत्तै आयोगले दोस्रो पटक म्याद थप गरेर सूची बुझाउने समय पुस–१० सम्म पुर्‍याएको छ ।
पुस–१० गते भित्र समानुपातिक सभासदको सूची बुझाउन दलहरुलाई जानकारी आजै पठाईएको पनि आयोगले जनाएको छ ।
एमाओवादीसहितका केही साना दलले चुनावमा धाँधली भएको भन्दै छानविनको माग गरेर समानुपातिक तर्फको सूची नबुझाउने जनाउदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।