क्रिकेट टोलीका खेलाडीलाई नगद पुरस्कार

१ पुष २०७०, सोमबार १७:२० मा प्रकाशित

काठमाडौं, १ पुस । नेपाल सरकारले राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुलाई जनही १० लाख नगद पुरस्कारसहित सम्मान गरेको छ ।
युएइमा हालै सम्पन्न आइसीसी विश्व ट्वान्टी–२० छनोट प्रतियोगितामा तेस्रो स्थान हासिल गर्दै विश्वकपमा छनोट हुन सफल खेलाडीहरुलाई सरकारले आज (सोमबार) सिंहदरबारमा बिशेष कार्यक्रम गरेर सम्मान गरेको हो ।
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले क्रिकेट खेलाडीहरुलाई १० लाख नगद पुरस्कारसहित सम्मान गरेका हुन् । युएइमा सम्पन्न प्रतियोगितामा सहभागी नेपालका १५ खेलाडीलाई जनही १० लाख पुरस्कार दिइएको हो ।
टोलीका प्रशिक्षक पुबुदु दासानायकेलाई ५ लाख तथा टिम फिजियो, सहायक प्रशिक्षक र टेक्निकल एनालिष्टलाई ३ लाख ५० हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अष्ट्रेलियाकी ओलम्पिक कास्य र रजत पदक विजेता जेसी फक्स टोकियो आलम्पिक्स २०२० मा पनि कास्य पदक जितिसकेकी छन् । तर,

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै

टोकियो । टोकियो ओलम्पिक–२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज

श्रीलंकाले दोस्रो टी-ट्‍वान्टी आइ खेलमा भारतलाई चार विकेटको रोमाञ्चक जीत निकालेको छ । यो जीतसँगै घरेलु टोली श्रीलंकाले तीन टी-ट्‍वान्टी