मापदण्डविपरीत चलेका दर्जन उद्योगमा शिलबन्दी

१ पुष २०७०, सोमबार १७:१७ मा प्रकाशित

ललितपुर, १ पुस । वातावरण विभागले काठमाडौं उपत्यकाभित्र पर्यावरण बिगार्ने गरी मापदण्डविपरीत संचालन भइरहेका उद्योग, व्यवसाय तथा कलकारखानामाथि अनुगमन तथा कारवाही तीव्र पारेको छ ।
न्यूनतम मापदण्डसमेत पूरा नगरी वातावरणलाई प्रत्यक्ष हानी पुर्‍याउने उद्योगमाथि विभागले आज (सोमबार) देखि निगरानी तथा कार्वाही प्रक्रिया अघि बढाएको हो । अनुगमनका क्रममा गैरकानुनी ढंगले संचालन भइरहेका वासिङ्ग, डाइङ्ग प्लान्ट तथा कपडा छपाईंलगायतका काम गर्ने एक दर्जन उद्योगमा विभागले शिलबन्दी गरेको जनाएको छ ।
विभागका महानिर्देशक डाक्टर युवक ध्वज जि.सी. संयोजकत्वको टोलीले सरोकारवाला सरकारी निकायसमेतको समन्वयमा अवस्थित उद्योगहरू बन्द गराई कार्वाही प्रक्रिया अघि बढाएको हो ।
पटक–पटक सचेत गराउँदा समेत मापदण्डअनुरूप उद्योग संचालन या बन्द गर्न अटेर गरेपछि आक्रमक रणनीति लिनु परेको महानिर्देशक जिसीले जानकारी दिए ।
वातावरण संरक्षण ऐन, २०५३ तथा वातावरण संरक्षण नियमावली, २०५४ ले वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पर्ने गरी वा जनजीवन र जनस्वास्थ्यका लागि खतरा हुनसक्ने किसिमले उद्योग वा व्यवसाय संचालन गर्न रोक लगाएको छ ।
बागमती र विष्णुमती नदी किनारमा अवैध रूपमा संचालन भइरहेका यस्ता दर्जनौं उद्योग तथा व्यवसायबाट निस्कासित विषाक्त फोहोमैला तथा रसायनका कारण जल, जमिन र हावामा प्रदुषणको मात्रा बढेको विभागले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको