सरकारका मंसिर महिनाका १२ सम्पादित कार्य

३० मंसिर २०७०, आईतवार १६:४५ मा प्रकाशित

काठमाडौं, ३० मंसिर । देशवासीका नाममा सन्देशसहितका विषयलाई समेटेर अन्तरिम मन्त्रिपरिषद्ले मंसिर महिनामा १२ वटा महत्वपूर्ण कार्य गरेको जनाएको छ ।
अध्यक्ष खिलराज रेग्मीको सचिवालयले आज (आइतबार) विज्ञप्ति जारी गरेर मंसिर महिना भरिका कामहरुको जानकारी दिएको हो ।
रेग्मीले मंसिर २ गते सांझ देशवासीका नाममा सम्बोधन गरेको विषयलाई पनि महत्वपूर्ण सम्पादित कार्यको पहिलो बुंदामा राखेका छन् ।
मंसिर ४ गतेको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने, काठमाडौंको विस्तारित सडकको कार्य लक्ष्य तोकी व्यवस्थित ढंगले शीघ्र पूरा गर्न निर्देशन, हेलो सरकारका उजुरीको कार्यसम्पादनलगायतका विषयलाई पनि सरकारले महत्वपूर्ण कार्यमा समेटेको छ ।
आपूर्ति व्यवस्थालाई प्रभावकारी तुल्याउन र मूल्य नियन्त्रण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष अग्रसरतामा निरन्तर बजार अनुगमन गर्ने, सुपथ मूल्यका पसल सञ्चालन गर्ने र घातक विषादीको प्रयोग हटाउने जस्ता कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको जनाईएको छ ।
संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा बम विष्फोटनबाट घाइते भएका बालक समिर खड्गीलाई उपचार खर्चका अतिरिक्त अभिभावकले चाहेको विद्यालयमा कक्षा दशसम्म पढ्ने व्यवस्था गरिएको सम्पादित महत्वपूर्ण कार्यमा राखिएको छ ।
आई.सी.सी. वल्र्ड कप ट्वान्टी ट्वान्टी क्वालिफायर क्रिकेट प्रतियोगितामा तेश्रो स्थान प्राप्त गर्ने सबै खेलाडीहरुलाई नगद पुरस्कार प्रदान, दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको आकष्मिक निधनमा नेपाल सरकारले शोक प्रस्ताव पारित, पेट्रोलियम पदार्थको नियमित आपूर्ति व्यवस्थाका लागि नेपाल आयल निगमलाई थप १ अर्ब ६५ करोड ऋण प्रदान, नेपाल सरकारले क्यासिनो नियमावली २०७० मा संशोधन गरी मापदण्ड पूरा गर्ने अवधि ३ महिना थप गर्ने निर्णयलाई पनि सम्पादित कार्यमा सरकारले रेग्मी सरकारले राखेको छ ।
कृषि विकास मन्त्रालय मातहतका विभिन्न निकायमा क्षतिपूर्ति सहितको नागरिक बडापत्र जारी भएकोलाई पनि सरकारले प्रमुख कार्यसम्पादनमा राखेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको