एमाओवादीले पोलिट ब्यूरो बैठक बोलायो

३० मंसिर २०७०, आईतवार १०:०२ मा प्रकाशित


काठमाडौं, ३० मंसिर । एमाओवादीले उच्चस्तरीय राजनीतिक समितिमा पार्टीले उठाउने एजेण्डाका विषयमा छलफल गर्न पोलिट ब्यूरोको बैठक बोलाउने निर्णय गरेको छ ।
पार्टी मुख्यालय कोटेश्वरमा आज (आइतबार) बसेको केन्द्रीय कार्यालयको बैठकले पोलिटब्यूरोमा राजनीतिक निकासका लागि भएका प्रयासहरुका विषयमा छलफल गर्ने निर्णय गरेको हो ।
संविधानसभा निर्वाचनमा धाँधली भएको जनाएको एमाओवादीले छानविन गर्न माग गर्दै आएको छ । यद्यपि कांग्रेस र एमालेले एमाओवादीको मागलाई अस्वीकार गर्दै आएका छन् । उनीहरुले संसदीय समितिबाट मात्रै छानविन गर्न सकिने जनाएका छन् ।
एमाओवादीका नेता पोष्टबहादुर बोगटीका अनुसार पोलिट ब्यूरो बैठक आजै बस्ने छ । बैठक दुई बजेका लागि बोलाईएको छ ।
बैठकमा निर्वाचनमा पार्टीले पराजय भोगेको विषयमा शीर्ष नेतृत्वतहबाट फरकफरक धारणा बाहिर आएको विषयमा पनि छलफल हुने जनाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक