बैद्द्य माओवादीले सहरी सैन्य मोर्चा घोषणा गर्दै

२९ मंसिर २०७०, शनिबार २२:४८ मा प्रकाशित

काठमाडौं, मंसिर २९ । नेकपा- माओवादीको जारी बैठकले जनविद्रोह गर्ने निर्णय गर्दै सहरी सैन्य मोर्चा बनाउने निर्णय गरेको छ । राजधानीमा जारी साता लामो केन्द्रीय समिति बैठकले सहर केन्द्रित सैन्य मोर्चा बनाउने निर्णय गरेको हो । जारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष बैद्द्यले भने, ‘सहर केन्द्रित आन्दोलनका लागि युवा मोर्चालाई सैन्य मोर्चामा ढाल्नु पर्छ ।’ युवा मोर्चालाई त्यसै अनुसार प्रशिक्षण र तालिम दिनु पर्ने र आवश्यक परे परिचालन गरिने बताए । उनले भने, ‘सरह केन्द्रित आन्दोलनका लागि संगठन सुधार्नुपर्ने उनले बताए । सहभागीहरुले जनविद्रोहबारे प्रष्ट पार्न नेतृत्वलाई दवाव दिएपछि उनले अन्तिम कार्यदिशा जनविद्रोह भएको र यसको लागि सहरी सैन्य मोर्चा आवश्यक रहेको बताएका थिए । बैद्द्यले पार्टीमा दक्षिणपन्थी अवसरवाद र शीघ्र विजयको मानसिकता हावी हुँदै गएको बताए । महासचिव रामबहादुर थापाले जनयुद्ध नै पार्टीको अन्तिम विकल्प भएकाले भ्रम नपर्न भने । महासचिव थापा, उपाध्यक्ष गजुरेल, सचिवद्वय गुरुङ र नेत्रविक्रम चन्दले सहर केन्द्रित आन्दोलन लागि युवा मोर्चालाई सैन्य बनाउने धारणा राखेका थिए । सहरमा प्रभाव पार्न सके गाउँ सजिलै नियन्त्रण हुने उनीहरुको घारणा थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । गएराती १२ बजे झापाको दमक ४

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा