संसदीय छानबिन समिति मान्दैनौं : एमाओवादी

२९ मंसिर २०७०, शनिबार १७:३० मा प्रकाशित

काठमाडौं, २९ मंसिर । एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले निर्वाचनमा भएको धाँधली र षडयन्त्रको छानबिन संसदीय समितिले गरेर नहुने दोहर्‍याएका छन् ।

 
पार्टी मुख्यालयमा आज (शनिबार) आयोजित नियमित पत्रकार सम्मेलनमा सापकोटाले कांग्रेस र एमालेले भने जस्तो संसदीय समितिबाट हुने छानविन एमाओवादीलाई स्वीकार्य नरहेको बताए ।

 

‘निर्वाचन ऐतिहासिक बिषयबस्तु भएकाले यसको छुट्टै उच्चस्तरीय स्वतन्त्र छानबिन आयोग बनाएर गर्नुपर्छ,’ उनले भने ।’

 

प्रवक्ता सापकोटाले अग्रगमनकारी संविधान निर्माणको ग्यारेण्टी नभई एमाओवादी संविधानसभामा सहभागी नहुने दोहर्‍याए । ‘सबै बिषय सहमतिबाट अघि बढाईयोस्,’ उनले भने, ‘जिम्मेवारीका साथ निर्वाचनमा भएको धाँधलीको छानबिन आयोग बाटै हुनु पर्छ ।’

 

संविधानसभाको निर्वाचनलाई असाध्यै फोहोरी खेल बनाएको एमाओवादीको भनाई छ । ‘जनता निर्वाचनमा आएको परिणामले छक्क छन्,’ उनले भने, ‘देश गोलचक्करमा फँस्छ कि भन्ने चिन्तामा छौं ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव

काठमाडौं । गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीतसमेत गायक अधिकारीकै

काठमाडौं । पल शाह अहिलेका चर्चित नायक हुन् । म्युजिक भिडियोदेखी सिनेमामा समेत सक्रिय पल अहिले महंगो पारिश्रमिक लिने नायक

काठमाडौं । फुलबुट्टे सारीबाट नेपाली गीत संगीतमा चर्चामा आएकी युगान्डाकी गायिका वियोन्सेले फेरि अर्को नयाँ गीत ल्यासी पाउ ल्याएकी छन्