सञ्जय दत्तलाई जेलमा मदिरा

२९ मंसिर २०७०, शनिबार १४:२९ मा प्रकाशित

मुम्बई : मुम्बई ब्लाष्ट केसमा सजाय काटी रहेका वलिवुड नायक संजय दत्तलाई छुट्टी दिने विषयमा प्रशासन मौन देखिएको छ । यद्यपि उनले विलाशिताका सामाग्री भने पाई रहेका छन् ।

 

प्रशासनले नायक दत्तलाई जल भित्रै मदिरा सम्म दिएको आरोप भारतीय जनता पार्टीका नेताहरुले आरोप लगाएका छन् । विधान परिषदमा विपक्ष दलका नेता विनोद तावडेले सञ्जय दत्तलाई प्रशासनले मदिरा सम्मका विलाशिताका सामाग्री दिने गरेको जानकारी आफू समक्ष आएको बताए ।

 

नेता तावडेका अनुसार पुणेको यरावडा जेलमा दत्तलाई बियर र रम सप्लाई भई रहेको छ । उनले भने, ‘पुलिसका केही उच्च अधिकारीले सञ्जय दत्तलाई मदिरा ल्याउनमा सहयोग गरिरहेका छन् ।’

 

दत्तलाई १९९३ मा मुम्बई बम विष्फोटको आरोपमा दोषी पाईए पछि जेल हालिएको हो । दत्तलाई पांच सालको जेल सजाय भएको छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक