
काठमाडौ ४ वैशाख । माओबादी मुख्यालय पेरिसडाडामा धर्ना दिएर बसेका बैद्यपक्षधर बर्हिगमीत लडाकुहरुले आज पनि धर्नालाई निरन्तरता दिएका छन ।
आफुहरुका मागप्रति पार्टीले ठोस निर्णय नगरे सम्म धर्ना नछाड्ने उनीहरुले चेतावनी दिएका छन ।
अनमिनले गरेको पुर्नबर्गिकरणको अवस्थामा तीनीहरुलाई अयोग्य भन्दै शिबिरबाट बहिर पठाईएको थियो ।
पछिल्लो लडाकु समायोजन बिशेष समितिमा भएको सहमति अनुसार स्वैक्षिक अवकास गएका लडाकु सरह आफुहरुले पनि सुबिधा पाउनु पर्ने माग उनिहरुको छ । पार्टीले सहयोग उपलब्द गराउनु पर्ने माग राख्दै संर्घषमा उत्रिएपछि पार्टीले सहयोग दिने आस्वासन दिएको थियो ।
तर,पार्टी नेतृत्वले आश्वासन दिएर सुबिधा नदिएपछि हिजो देखि उनिहरु पार्टी कार्यालयमा पुनः धर्ना दिएर बसेका छन ।
पहिले भएको सहमति अनुसार पार्टीको संस्थापन पक्षले शिर्ष नेताका आफन्तहरुलाई भने रकम दिएको आरोप संघर्ष समितिका उपाध्यक्ष राजु गहतराजले लगाएका छन ।
पाटीले आपूmहरुलाई विभेद गरेका कारण आन्दोलनमा उत्रनु परेको भन्दै गहतराजले माग पुरा गर्नका लागि माओवादीका शीर्ष नेताहरुसंग पटक पटक वार्ता र छलफल भएपनि समस्याको समाधान गर्ने पहल नभएका कारण धर्ना दिनु परेको वताए । धर्ना दिएका ३ सय भन्दा बढि लडाकुले पार्टीकार्यालयमै रात बिताएका छन ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका
काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को
नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा भुकम्पको धक्का महसुस