राजनीतिक समितिमा हेरफेर गर्नु पर्छ : एमाले

२९ मंसिर २०७०, शनिबार १३:१४ मा प्रकाशित


काठमाडौं, २९ मंसिर । कांग्रेस र एमाले तथा एमाओवादीका आआफ्नै अडानका कारण उच्चस्तरीय राजनीतिक समितिको बैठक बिनाकुनै निष्कर्ष सक्किएको छ ।

 

 

काठमाडौंको बबरमहलस्थित शान्ति कोषको सचिवालयमा आज (शनिबार) बसेको बैठकमा छानविन आयोग गठन गर्नुपर्ने एमाओवादी र मधेसवादी दलहरुको प्रस्तावलाई कांग्रेस र एमालेले पुन: अस्वीकार गरिदिएका हुन् । बैठक सहमति हुन नसके पछि अर्को बैठक आइतबार बस्ने गरी सक्किएको छ ।

 

बैठकमा एमालेले दोस्रो संविधानसभाको निर्वाचन पछि समितिको पुन: संरचनामा पनि ध्यान दिनुपर्ने प्रस्ताव गरेको छ । एमाले नेता रघुजी पन्तले समितिलाई पुरानै अवस्थाबाट अघि बढाउन नसकिने बताए ।

 

एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले राजनीतिक समितिलाई निरन्तरता दिनुपर्ने बताए । उनले संविधान निर्माणका महत्वपूर्ण निर्णयलाई समितिमा एकपटक छलफल गर्नुपर्ने बताए ।

 

चुनावमा धांधली भएको दाबी सहित छानविन आयोग गठनको माग गर्दै आएको एमाओवादीको प्रस्ताव कांग्रेस र एमालेले अस्वीकार गर्दै आएका छन् । कांग्रेस र एमालेले चुनावमा धांधली भएको आशंका रहेको भए संसदीय समिति बनाएर जान सकिने बताउंदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।