उत्तर कोरियाका तानाशाह किम जोङले उनका फुपाजु चांङलाई मृत्यु दण्ड दिए

२९ मंसिर २०७०, शनिबार ०५:४५ मा प्रकाशित

काठमाडौ, २९ मंसिर । उत्तर कोरियाका एक शक्तीशाली नेता चांङ सोङलाई मृत्यु दण्डको सजायँ दिईएको छ । त्यहाँका प्रमुख नेता किम जोङ उनका फुपाजु चांङलाई राजद्रोह एवम् भ्रष्टाचारको आरोपमा मृत्युदण्डको सजायँ दिईएको हो । चाङलाई यसै हप्ता नाटकीय ढंगबाट त्यहाँको कम्युनिष्ट पार्टीको शक्तीशाली पदबाट हटाईएको थियो । दुई बर्ष पहिले किम जोङ उनले आफ्ना पिताको निधन पछि उत्तर कोरियाको सत्ता सम्हालेका थिए । त्यसपछि उत्तर कोरियामा लगातार उथलपुथल भैरहेको छ । त्यहाँको सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार चाङले हिजो भ्रष्टाचारको मुद्धा स्वीकार गरेका थिए । त्यसलगतै उनलाई मृत्युदण्ड दिईएको हो । उत्तर कोरियाली नेता किम जोङ उनका पिता सत्तामा रहँदा चाङले निकै मदत गरेका थिए । चाङलाई कोरियाको दोस्रो शक्तीशाली नेता मानिन्थ्यो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बंगलादेशमा एउटा विवाहको जन्तीमाथि चट्याङ पर्दा १७ जनाको मृत्यु भएको छ । घटनामा बेहुलासहित अन्य १४ जना घाइते भएका छन्

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार