निर्वाचन आयोगले राप्रपा नेपालसँग नयाँ नामावली माग्यो

२९ मंसिर २०७०, शनिबार ०५:३७ मा प्रकाशित

काठमाडौँ, २९ मङ्सिर । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पेश गरेको समानुपातिक सुची बिरुद्द परेको उजुरीका आधारमा तोकिएको समयभित्र पुनः नामावली पठाउन उक्त दललाई पत्र पठाउने निर्णय गरेको छ । आयोगले यस अघि प्राप्त सिटबमोजिमको नामावली पठाउन सबै दललाई पुस ३ गतेसम्मको समय सिमा तोकेको थियो । निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता गराउँदा जुन केन्द्रीय कार्यसमितिको नाम प्रस्तुत गरिएको छ, सोही केन्द्रीय कार्यसमितिबाट समानुपातिकतर्फबाट विजयी घोषणा गरिने नाम सिफारिस गर्न आयोगले राप्रपा नेपाललाई पत्राचार गर्ने निर्णय बिहीबार गरेको हो । समानुपातिकतर्फ २४ सिट पाएको राप्रपा नेपालले मङ्सिर २३ गते आयोगमा आफ्नो दलबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सदस्यहरूको सूची बुझाएको थियो । सूची बुझाए लगत्तै राप्रपा नेपालका सहमहामन्त्री प्रल्हाद साह, कोषाध्यक्ष दिलविकास राजभण्डारी, सहायक महामन्त्रीद्वय रमेश श्रेष्ठ र बाबुकाजी श्रेष्ठ तथा बालकृष्ण न्यौपानेसहितका १८ जना केन्द्रीय सदस्यले केन्द्रीय समितिको बैठकबिना समानुपातिकतर्फको नामावली पठाएको भन्दै मङ्सिर २५ गते आयोगमा उजुरी गरेका थिए । राप्रपा नेपालले गत वैशाख १७ गते निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउँदाका समयमा पेश गरेको केन्द्रीय कार्यसमितिका सदस्य रहेको बैठकबाट उम्मेदवार छनोट नगरेको देखिएकाले सोही केन्द्रीय कार्यसमितिको निर्णयबाट उम्मेदवार छनोट गरी आयोगले तोकेको समयभित्र नामावली पेश गर्न आयोगले आदेश दिएको छ । असन्तुष्ट पक्षमध्येका एक अधिबक्ता बालकृष्ण न्यौपानेले आयोगले ऐन अनुसार नै निर्णय गरेको प्रतिक्रिया दिए । उनले जुन जिल्लाबाट बढी मत आएको छ, त्यो जिल्लाबाट कम्तीमा एकजनालाई संविधानसभामा पठाइने मौखिक सहमति भए पनि त्यो पालना नभएकोले पार्टी भित्र असन्तुष्टि बढेको बताए । राप्रपा नेपालका सहमहामन्त्री राजाराम श्रेष्ठले आयोगको निर्णयबारे आफूले सुनेको बताउँदै अध्यक्ष कमल थापा पुस २ गते भारतबाट फर्केपछि मात्र यसबारे निर्णय गर्ने जानकारी दिए । टेबुलटेनिस प्रतियोगितामा सहभागी हुन अध्यक्ष थापा अहिले भारत भ्रमणमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्