अमेरिकामा नेपाली बिद्यार्थीको मृत्यु

४ बैशाख २०६९, सोमबार ११:४२ मा प्रकाशित

काठमाडौ, ४ बैशाख । नर्सिङ पढिरहेका अर्घाखाँची केरूङगा स्थायी घर भएका २५ बर्षीय भेषराज पाण्डेको आईतबार दिउसो न्युयोर्कस्थित वेकअफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
नेपालीहरुको उल्लेखीय बस्ती  रहेको रिजउडस्थित आफनो अपार्टमेन्टमा आईतबार नै पाण्डेलाई अचेत अवस्थामा फेला पारेपछि  नजिकै सो अस्पतालमा पुर्याइएको थियो । मृत्युको कारण बारे हालसम्म अस्पतालले केही नजनाएपनि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक रिपोर्टमा उल्लेख छ । उनको अपार्टमेन्टबाट प्रहरीले बिषक्त औषधी फेला पारेको थियो ।
अपार्टमेन्टमा रहेका अन्य साथीहरु कामको सिलसिलामा बाहिर रहेको मौकामा पाण्डेले ढोकाको चुकुल लगाएर कोठा भित्र रहेका थिए । निकै समयपछि पनि ढोका नखुलेपछि पल्लो कोठाको एक युवकले अन्य साथीहरुलाई बोलाएर ढोका फोडदा पाण्डे अचेत अवस्था फेला परेका थिए । अस्पतालले दुई घण्टा पछि उनलाई मृत घोषित गरेको थियो ।
पाँच बर्ष अघि अध्ययनको लागि अमेरिका आएका पाण्डेले गत बर्ष न्युयोर्कको होस्टोस कलेजबाट रजिस्टर्ड नर्सको कोर्ष पुरा गरेपछि केही महिना नर्थ क्लारोलिनाको एक अस्पतालमा काम गरेका थिए । त्यहाँबाट दुई महिना अघि न्युयोर्क फर्किएका पाण्डे कामको खोजी गरिरहेको र पढाईलाई निरन्तरता दिने योजनामा थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न