कांग्रेसले अन्तर्घात गरेको आरोप लागेका नेतामाथि कारबाही सुरु गर्यो

२८ मंसिर २०७०, शुक्रबार ०८:३८ मा प्रकाशित

काठमाडौं, २८ मंसिर । कांग्रेसले समानुपातिक तर्फका निर्वाचनमा आधिकारिक उम्मेदबार बिरुद्द अन्तर्घात गरेको आरोप लागेका पाँच नेतासँगै २८ जना उम्मेदवारमाथि छानबिन सुरु गरेको छ । निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई अन्तर्घात गरेको आरोपमा उनीहरुमाथि छानविन अघि बढाइएको बताएको छ । पार्टीका आधिकारी उम्मेदवार विरुद्ध लाग्ने नेता तथा कार्यकर्तालाई ६ महिना देखि तीन वर्षसम्म पार्टी सदस्यताबाट निष्कासन गर्न सक्ने कांग्रेसको अनुशासन समितिलाई अधिकार दिइएको छ । समानुपातिक उम्मेदवार भएका विरुद्ध केन्द्रीय कार्यालयमा उजुरी परेपछि सभासद छान्ने अधिकार पाएको संसदीय बोर्डले अनुशासन समितिलाई छानबिन गर्न अधिकार दिएको थियो । केन्द्रीय सदस्यहरूसहित २८ जना समानुपातिकतर्फका उम्मेदवारविरुद्ध उजुरी परेको अनुशासन समिति संयोजक आमोदप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उजुरी परेका व्यक्तिहरूको विषयमा पार्टी केन्द्रीय कार्यालयको सचिवालयले प्रारम्भिक अध्ययन सुरु गरिसकेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत