‘म सभासद् हुन्छु’: भुवन केसी

२८ मंसिर २०७०, शुक्रबार ०८:३४ मा प्रकाशित

नाम होस्, बद्नाम होस् तर गुमनाम नहोस्। यो गुरुमन्त्र नै हो सद्बहार नायक भुवन केसीको। जीवनमा थुप्रै अवसर र फाइदाका कुरा आउँदा पनि उनले चलचित्र क्षेत्रलाई छाडेनन्। बितेको तीस वर्षदेखि निरन्तर रूपमा चलचित्र क्षेत्रमा लागिपर्दै आएका भुवनमाथि कुनै षड्यन्त्र र दाउपेच भएन भने अब उनी सभासद् हुने निश्चितप्रायः देखिएको छ।
नेकपा एमालेले समानुपातिकमा नाम राखेपछि उत्साहित देखिएका भुवन आफू सभासद् हुने कुरामा पनि ढुक्क देखिएका छन्। यो चुनावमा उनी एमालेको प्रचारप्रसारमा दिलोज्यानले लागेको कुरा पनि यतिबेला घामजस्तै छर्लङ्ग भएको छ। चलचित्र र राजनीतिक क्षेत्रका बारेमा यसपटक यिनै नायक भुवन केसीसँग केही कुराकानी गरिएको छ।

० तपाईं नेपाली फिल्मको हिरो कि अब सभासद्?

– म दुवै हुन चाहन्छु।

० सभासद् त भइसक्नुभएको छैन नि?

– मलाई विश्वास छ कि म सभासद् हुन्छ।

० त्यो पद पाउन एमालेभित्रै मारामार छ। तपार्इंले पाउनु नै होला भन्ने आधार के छ त?

-आधार होइन मलाई विश्वास छ। नेपाली चलचित्र क्षेत्रलाई माया गर्ने पार्टी हो एमाले। त्यसकारणले पनि मलाई हाम्रो पार्टीले सभासद्का लागि उपयुक्त ठान्ने कुरामा म विश्वस्त छु।

० एमालेलाई फकाएको हो यो?

– फकाएको होइन। मैले फकाउनु नै पर्दैन। यो कुरा हाम्रा पार्टीका दिग्गज नेताहरूले बुझ्नुभएको छ। तीसौँ वर्ष चलचित्र क्षेत्रमा बिताएको हिरो आएको छ। उसको र समग्र चलचित्र क्षेत्रको इज्जतका लागि भए पनि एमालेले मलाई समानुपातिकमा राख्ने कुरामा म ढुक्क छु।

० तर, तपाईंको विरोध त पार्टीभित्रैबाट हुने गरेको चर्चा छ नि?

– यसलाई विरोध नै नभनौँ। यो त सरसल्लाह हो। राम्रो कसरी हुन्छ? भन्ने कुरामा एमाले सधैँ विचार–विमर्शमा विश्वास गर्छ र त्यसअनुसार नै अगाडि बढ्छ।

० एमालेको बारेमा त तपार्इंलाई धेरै कुरा थाहा रहेछ नि?

– त्यसै एमाले छिर्छु त म। केही जानकारी त हुनैपर्छ नि।

० भनेपछि सभासद् भएपछि के गर्नुहुन्छ?

– के गर्नु नि? आफ्नो क्षेत्र र समग्र मुलुकले के गर्दा शान्ति र संविधान पाउँछ त्यसका लागि ध्यान दिनेछु। पहिला त शान्ति नै हो। शान्तिपछि अरू कुरा अगाडि आउँछ।

० अवसर पाउनुभन्दा पहिले सबैले यस्तै भन्छन् नि होइन र?

– अरूले के गरे, मलाई थाहा भएन। तर, म बोल्ने मात्र होइन कि आफ्नो उपस्थिति पनि दह्रैसँग गराउनेछु।

० सभासद् भएपछि मन्त्री पनि हुने कि?

– त्यो पछिको कुरा हो। अहिले त्यसतर्फ नसोचौँ कि?

संविधानसभाभित्र छिर्नुभएको छ?

– त्यो भवनभित्र धेरैपटक छिरेको छु। तर, राजनीतिक कार्यक्रममा वा सभामा छिरेको छैन।

० भुवन केसी छिर्दा कस्तो होला माहौल?

– समग्र चलचित्र क्षेत्रको ठूलो इच्छा र चाहना हो यो। पार्टीले यो चाहनालाई पूरा गर्नेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गीतकार तथा संगीतकार जीवन प्याकुरेलको तीज गीत ‘चाहना के के छ’ सार्वजनिक भएको छ । शनिबार गायक रामजी

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल

काठमाडौं । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारो स्थित

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल