मन्डेलाको स्मृतिसभामा विश्वभरका राष्ट्र प्रमुख उपस्थित

२७ मंसिर २०७०, बिहीबार ०३:२४ मा प्रकाशित

काठमाडौ, २६ मंसिर । स्वतन्त्रता संग्रामका विश्व नायक तथा दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति नेल्सन मन्डेलाको स्मृतिसभामा भाग लिन विश्वभरका राष्ट्र प्रमुखहरु जोहानसबर्गमा उपस्थित भएका छन् । सोवेतोको व्यापक रङ्गशालामा विश्वभरबाट राष्ट्र प्रमुखहरु मण्डेलाप्रति श्रद्धाञ्जली व्यक्त गर्न भेला भएका हुन् । गत बिहीबार मन्डेलाको निधन भएपछि दक्षिण अफ्रिाका मर्माहत भए पनि २० औँ शताब्दीको यी उच्च राजनीतिक व्यक्तित्वको स्मृतिसभालाई त्यहाँका जनताले उत्सवको रूपमा मनाएका छन् । नेल्सन मण्डेलाको स्मृति सभालाई अफ्रिकन नेसनल कङ्ग्रेसका उपाध्यक्ष सिरिल रामाफोसा लगायत विश्वका शक्तिशाली नेताहरुले सम्बोधन गरेका छन् । स्मृतिसभालाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले मन्डेला इतिहासका ठूला व्यक्तित्व भएको र उनले आउँदा पुस्तासमक्ष सङ्घर्ष, कुशाग्रता तथा राजनीतिक सक्रियताको शक्तिबाट स्थान प्राप्त गरेको बताए । सभामा अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टर, जर्ज डब्लु बुस तथा बिल क्लिन्टन पनि उपस्थित भएका थिए । स्मृति सभा भएको उक्त रङ्गशालामा मन्डेला सन् २०१० को विश्व कप फुटबलको अन्तिम खेलमा उपस्थित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या