राज्य पुनर्संरचना मात्र जटिल विषय हो

४ बैशाख २०६९, सोमबार ११:३५ मा प्रकाशित

युवराज ज्ञवाली, सचिव नेकपा एमाले
० सहमति खोज्न नेतालाई रिर्सोट नै चाहिने ?
– होइन एकान्तमा ठण्डा दिमागले टेनसनबाट मुक्त भएर विषयमा केन्द्रित हुनुपर्ने स्थिति आउँछ ।
० टुंगोमा पुग्न सकिन्छ ?
– त्यो सम्भावना बढेको छ ।
० कसरी ?
– विषय जटिल छ, निर्वाचन प्रणाली र शासकीय स्वरुपको बारेमा सहमतिमा पुगिहालिन्छ ।
० कसरी सहमतिमा पुगिन्छ ?
– दुईवटा विकल्प प्रस्तुत भएका छन् । एउटा विकल्प एमालेले प्रस्तुत गरेको विकल्प सबभन्दा वैज्ञानिक छ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपति मुलुकको आवश्यकता हो । यदि त्यसमा भएन भने पनि हामी अर्को विकल्पमा लचिलो हुन सक्छौं । राज्यको पुनर्संरचना चाहिँ जटिल विषय हो । तर निष्कर्षमा पुग्नैपर्छ । कुनै एउटा पार्टीको एजेण्डालाई सबैले मान्नुपर्छ भन्ने हुँदैन । जे विषयमा सहमति हुन्छ, त्यो अहिलेको आवश्यकता हो ।
० न्यायप्रणालीमा कसरी कुरा मिल्छ ?
– न्यायप्रणालीमा पनि कुरा मिल्छ । राज्य पुनर्संरचनाबाहेक अरु विषयमा त्यस्तो ठूलो समस्या छ जस्तो मलाई लाग्दैन । प्रदेशको सीमानकन र नामाकंन जटिल विषय छ । यसमा एनेकपा माओवादी अलि लचिलो हुनुपर्छ । माओवादी लचिलो हुँदा शान्ति प्रकृया पनि टुंगोमा पुग्ने अवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

आगामी सङ्‍घीय र प्रदेश संसद्को निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुनेमा शंका उत्पन्‍न हुनेगरी शीर्ष नेताहरूले नै अभिव्यक्ति दिइरहेका छन् । स्थानीय

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रबाट प्रमुखको

वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित हुनुभयो ।

काठमाडौं । पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मुलुकमा विकास निर्माण लक्षित कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी