नविल बैंकको २ करोड ३१ लाख लुटियो

२५ मंसिर २०७०, मंगलवार २३:२३ मा प्रकाशित

धनगढी, २५ मंसिर । महेन्द्रनगरबाट धनगढी लैजाँदै गरेको नविल बैंकको २ करोड ३१ लाख रुपैया अज्ञात समूहले आज विहान लुटेको छ । बैंकको पैसा बोकेको म १ च १४६ नम्बरको गाडीलाई नकाबधारी प्रहरीको भेषमा रहेका अज्ञात समूहले कैलाली र कञ्चनपुरको सीमामा पर्ने गोदाबरी पुल नजिकै रोकेर ४ जना कर्मचारीलाई नियन्त्रणमा लिएर रकम लुटी फरार भएका थिए । सो रकम महेन्द्रनगर शाखाबाट धनगढीस्थित नेपाल्ऽ राष्ट्र बैंकको शाखामा जम्मा गर्न लगिदै थियो । लुटेराहरुले गाडीलाई नियन्त्रणमा लिएर जंगलभित्र लगेर रकम लुटेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ