निर्वाचन आयोगद्वारा उम्मेदवारको नामावली पेस गर्ने समयावधि थप

२५ मंसिर २०७०, मंगलवार २३:१७ मा प्रकाशित

काठमाडौँ, २५ मङ्सिर । निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारको नामावली पेस गर्ने समयावधि आठ दिन थप गरेको छ ।  आयोगद्वारा आज जारी विज्ञप्तिमा समानुपातिक प्रतिनिधित्व हुनेगरी राजनीतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको निर्णयबाट छनोट भएको उम्मेदवारको नामावलीको सूची पेस गर्ने समयावधि आगामी पुस ३ गतेसम्मका लागि थप गरिएको उल्लेख छ । आयोगले यसअघि सो सूची पेस गर्ने समयावधि आजसम्मका लागि तोकेको थियो ।  संविधानसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा राजनीतिक दलले प्राप्त गरेको कुल सदर मत सङ्ख्याको अनुपातमा संविधानसभा सदस्य निर्वाचन अध्यादेश, २०७० मा उल्लेख भएबमोजिम मत परिणाम विभाजक सुत्रअनुसार आयोगबाट यही मङ्सिर १८ गते सिट सङ्ख्या निर्धारण गरेको थियो ।  सोबमोजिम सिट प्राप्त गरेका विभिन्न राजनीतिक दलहरूले आयोगसमक्ष पेस गरेको उम्मेदवारको बन्दसूचीमा सूचीकृत उम्मेदवारमध्ये समानुपातिक प्रतिनिधित्व हुने गरी नाम पठाउन आयोगले दलहरूलाई पत्राचार गरिसकेको छ

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो