प्रमुख तीन दलबीच संवाद सुरु; उच्चस्तरीय राजनीतिक समितिको बैठक बुधबार

२५ मंसिर २०७०, मंगलवार २३:१३ मा प्रकाशित

काठमाडौँ, २५ मङ्सिर । संबिधान सभा निर्बाचन पछि पहिलो पटक प्रमुख तीन दलका शिर्ष नेताहरु जारी राजनीतिक गतिरोध अन्त्य गरि सरकार र संबिधान निर्माण प्रक्रिया सुरु गर्ने बिषयमा सहमति खोज्ने प्रयासस्वरुप सम्बद सुरु गरेका छन् ।

मंगलबार शान्तिकोष सचिवालय बबरमहलमा काँग्रेस, एमाले र एमाओवादी सहितको बैठकले सहज र समझदारीको वातावरण बनाएर संविधानसभामा जान सहमति कायम गर्न उच्चस्तरीय राजनीतिक समितिको बैठक बोलाउने निर्णय समेत गरेका छन् ।

संविधानसभा निर्वाचन गर्ने वा नगर्ने भन्ने दोसाधमा रहेका बेलामा निर्वाचनको पक्षमा महोल बनाउन र निर्वाचनको लागि गठन भएको उच्चस्तरीय राजनीतिक समितिमार्फत नै सहमति कायम गरेर अघि बढ्दा उपयुक्त हुन्छ भन्ने निष्कर्षसहित प्रमुख तीन राजनीतिक शक्तिले भोलि बिहान समितिको बैठक बोलाएका छन् ।

बैठकपछि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले भोलि उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्ने र सहमति कायम गरेर जाने कुरा भएको जानकारी दिए ।

उनले भने, ‘परिवर्तित सन्दर्भमा परिवर्तनका मुद्दालाई संस्थागत कसरी गर्ने भन्ने सन्र्दभमा सहमति कायम गर्न समितिको बैठक बस्न लागेको हो ।’

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले उच्चस्तरीय राजनीतिक समिति जसले यो निर्वाचनको वातावरण बनायो, सबै गर्यो त्यसको भोलि बस्ने बैठकबाट सबै विषय छलफल गरी टुङ्गिने विश्वास व्यक्त गरे ।
उनले भने, ‘समितिको बैठक बस्नु प¥यो भनेर मैले अली अघि देखिनै भनी राखेको थिएँ, अब आज त्यसमा कमसेकम काँग्रेस र एमालेका साथी नेताहरु समेत सहमति भए ।’

काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले धेरै समयपछि बैठक बसेकाले विभिन्न पक्ष र पाटोबाट गफगाफ भएको तर एमाओवादीबाट त्यस्तो कुनै माग नआएको प्रतिक्रिया दिए ।

एमालेनेता केपी ओलीले उच्चस्तरीय राजनीति समितिले निर्वाचन गराउने सन्र्दभमा महत्वपूर्ण काम सम्पन्न गरे सँगसँगै उसको औँचित्य र उपदेयता सकिएकाले भोलि बस्न लागेको बैठकले सबै सरोकारवाला पक्षलाई धन्यवाद दिने जानकारी दिए ।

एमाओवादी संविधानसभामा स्वभाविक रुपले आउने भएकाले त्यसमा कुनै शंका गरिरहनु नपर्ने जिकिर गर्दै नेता ओलीले संविधान संशोधन र निर्वाचनको परिणामलाई लिएर आएको उच्चस्तरीय छानबिन आयोग गठनको औँचित्य नरहेको उल्लेख गरे ।

अभुतपूर्व जनताको सहभागितामा असाधारण र उत्साहपूर्वक ढङ्गबाट भएको निर्वाचनलाई पन्छाएर पछि फर्कने सोच कसैले लिन नहुने बताउँदै नेता ओलीले जस्तोसुकै परिणाम आएपनि त्यसलाई स्वीकार गर्ने शैलीको विकास गर्न जरुरी रहेको प्रतिक्रिया दिए ।

संविधानसभा निर्वाचनको परिणाम आएसँगसँगै विकसित राजनीतिक घटनाक्रम र दलहरुबीच देखिएको तिक्ततालाई हटाउन प्रमुख दल र शीर्ष तहमा नियमित रुपमा छलफल गर्दै अघि बढ्नेसमेत तीन शक्तिबीच सहमति भएको छ ।

उच्चस्तरीय राजनीतिक समितिको समयावधि यही मङ्सिर मसान्तसम्म कायम रहने नेताहरुले जानकारी दिए । आजको बैठकमा काँग्रेस सभापति सुशील कोइराला, उपसभापति पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्षद्वय बामदेव गौतम र विद्या भण्डारी, नेता ओली तथा एमाओवादीका अध्यक्ष दाहाल, नेता डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ सहभागी रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

गुल्मी । गुल्मीमा गएराति ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । दुर्घटनामा परेर ट्याक्टर चालक रुरुक्षेत्र गाउँपालिका वडानम्बर-५ निवासी ३३

काठमाडौं । जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार

बैतडी । बैतडीको सुर्नया गाउँपालिका-५ स्वालीमा बदेलका लागि छोडेको तारमा करेन्ट लागेर दुई दाजुभाइको मृत्यु भएको छ । गएराती साढे

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम