उत्तर कोरियामा जाङ सोङ थाएक बर्खास्त

२४ मंसिर २०७०, सोमबार २२:५८ मा प्रकाशित

एजेन्सी, २४ मंसिर । उत्तर कोरियाले देशका शक्तिशाली मध्येका एक राजनीतिज्ञलाई बर्खास्त गरिएको खबरको पुष्टी गरेको छ । त्यहाँको सरकारी समाचार संस्थाले जाङ सोङ थाएकलाई आपराधिक कार्यहरु गरेको अभियोगमा पदच्युत गरिएको उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले उल्लेख गरेको छ । जाङ उत्तर कोरियाका आर्थीक सुधारक, चीन र प्योङयाङ लगाएत अन्य मित्र देशहरुसंगका वार्ताका एक प्रमुख सहभागीका रुपमा रहेको अधिकारिहरुले जनाएका छन् । उत्तर कोरियाली समाचार संस्थाका अनुसार जाङलाई हटाउने निर्णय सत्तारुढ कोरियन वर्कर्स पार्टीको पोलिटब्युरो वैठकमा लिइएको थियो । उनलाई सबै पदहरुबाट हटाइएको जनाइएको छ । सो पार्टीले जाङ निकट दुई जना विरुद्ध यस अघि नै भ्रष्टाचारको अभियोगमा कारवाही गरेको दक्षिण कोरियाली समाचारहरुमा जनाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा

न्यूयोर्क । विश्वमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । संक्रमण उच्च विन्दुमा पुगेर नियन्त्रणमा आएका भारत, बेलायत, अमेरिका